अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५४ | Colorodo: 22:09

राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा अख्तियारको हिरासतमा

बिआरटीनेपाल २०७४ जेठ १९ गते १९:२१ मा प्रकाशित

काठमाडौं । कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ ।

कर निर्धारणका विषयमा छलफल गर्न आयोगले आज महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएको थियो । आयोगका एक अधिकारीले महानिर्देशक शर्मा पक्राउ गरेको पुष्टि गरे । ती अधिकारीले भने, “शर्मालाई आयोगले हिरासतमा राखेको छ । थप अनुसन्धानपछि मात्रै सबै विवरण सार्वजनिक गर्छौ ।”

कर फछ्र्यौट आयोगमार्फत विभिन्न व्यापारीलाई कर छुट दिएको भन्दै आयोगमा दर्जनौ उजुरी परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू