अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

गायक हेमन मोक्तानद्वारा सिन्धुलीको बिद्यालयलाई १० थान कम्प्युटर हस्तान्तरण

बिआरटीनेपाल २०७४ जेठ १८ गते ९:५१ मा प्रकाशित

साङ्गीतिक माध्यमबाट सामाजिक सेवामा समर्पित गायक हेमन मोक्तानले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका– १ दुम्जास्थित देवीस्थान माध्यमिक विद्यालयमा १० थान कम्प्युटर हस्तान्तरण गरेका छन् । कम्युटर ल्याव उद्घाटन समारोहमा गायक हेमनले हेमन मोक्तान फाउण्डेशन मार्फत् अध्यारोबाट उज्यालोतिरको यात्रा शिक्षाका लागि साङ्गीतिक अभियान अन्तरगत सो बिद्यालयलाई १० थान कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

कम्प्युटर ल्यावको उद्घाटन एयुईस्थित नेपाली व्यवसायी तथा समाजसेवी उमेश कुमार न्यौपानेले शुभारम्भ गरेको हस्तान्तरण कार्यक्रममा गायक हेमनले भर्खरै आफ्नो युएईको एक महिने साङ्गीतिक अभियान सम्पन्न भएको र सोही अभियानमा सङ्कलित रकमबाट विद्यालयलाई कम्प्युटर सहयोग गरिएको जानकारी दिए ।

कार्यक्रममा दुवई बिजनेश काउन्सीलका उपसभापति उमेशकुमार न्यौपाने, मानव जीवन संरक्षण मञ्चका सचिव रिना शाही, हेमन मोक्तान फाउण्डेशनका अध्यक्ष हेमन मोक्तानले बालबालिकाको शिक्षाका लागि साङ्गीतिक अभियान गरी सहयोग जुटाउने अवसरका लागि सबैमा धन्यवाद दिदैं आगामी दिनमा पनि विद्यालयको शैक्षिक उन्नतिका लागि सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशल कोइरालाले शिक्षाको क्षेत्रमा सिन्धुलीमै नमूना विद्यालयको रुपमा देवीस्थानले सफलता प्राप्त गरिरहेको बताउँदै सो विद्यालयले १५ वर्षदेखि सिन्धुलीका साथै काभ्रे र रामेछाप जिल्लाका बालबालिकालाई अङ्ग्रेजी माध्यममा शिक्षा दिँदै आएको र इन्टरनेट सुविधासहितको कम्प्युटर शिक्षाले बालबालिकाको अध्ययनमा अझ सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

ब्यवस्थापन समितिका जेष्ठ सदस्य तीर्थबहादुर रायमाझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण नेपालले कम्प्युटर दाताहरुलाई धन्यवाद दिँदै दाताहरुको सहयोग र साथले विद्यालयले गुणस्तरीय शिक्षा प्रदानमा सफलता प्राप्त गरेको बताए ।

कम्प्युटर ल्याव उद्घाटन कार्यक्रममा गायक हेमन मोक्तान र नारायण थापाले गीत प्रस्तुत गरेका थिए भने त्यस्तै विद्यालयका बालबालिकाले नृत्य, कविता, गीतर गजल प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया