अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

रंग पत्रकार तथा गीतकार शान्तिप्रियले जन्मदिनमा सार्वजनिक गरे आफ्नो पहिलो एल्वम ‘अधर’

बिआरटीनेपाल २०७४ जेठ १८ गते ९:२५ मा प्रकाशित

रङ पत्रकारितासंगै साहित्यमा पनि परिचित नाम शान्तिप्रियले आफ्नो पहिलो एल्बम अधर बजारमा ल्याएका छन् । आफ्नो जन्मोत्सवको अवसर परेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनले एल्बम बिमोचन गरिएको हो । साहित्यमा लागेको झन्डै दुइ दशक बितिसक्दा बल्ल उनले एल्बम नै ल्याएका हुन् ।

चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा प्रमुख अतिथि थिए भने वरिष्ठ कलाकार बसुन्धरा भुषाल , निर्देशक मोहन निरौला , साहित्यकार डाक्टर नवराज लम्साल विशिष्ट अतिथिको रुपमा उपस्थित थिए ।

साहित्यकार डा. लम्सालले एल्बम भित्र समावेश गीतको समिक्षा गरेको बिमोचन समारोहमा अधर एल्बमभित्र समावेश स्रष्टाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने केक काटेर जन्मदिनको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो । यस एल्बमभित्र ५ वटा गीतहरु समावेश गरिएको छ ।

जसमा म त माया गर्ने मान्छे, म त नफापेको मान्छे, मलाई जस्तो, उनको मेरो दूरी चल्यो, याद तिम्रो धेरै आइरह्यो जस्ता गीत समावेश रहेको छ । जसमा सन्तोष श्रेष्ठ, दिपक शर्मा र अर्जुन पोखरेलको संगीत रहेको छ भने प्रमोद खरेल, अन्जना गुरुङ, निखिता थापा, राज सिग्देल र युवराज चौलागाईंले स्वर दिएका छन् । कार्यक्रममा निर्मित तीन गीतको म्यूजिक भिडियो पनि देखाइएको थियो । जसमा सवनम मुखियाद्वारा निर्दे्शित म त नफापेको मान्छे, सुव्रत आचार्यद्वारा निर्दे्शित मलाई जस्तो र निर्मल शर्माद्वारा निर्दे्शित म त माया गर्ने मान्छेको म्यूजिक भिडियो देखाइएको थियो ।

शान्तिप्रिय मैले फिल्म तथा एल्बममा गीत लेख्ने गर्थे त्यसैले पनि आफ्नै एल्बम ल्याउने सोचाइ आएर एल्बम तयार पारेको हु । यसलाई अब निरन्तरता पनि दिनेछु । हामीले यस एल्बममा समावेश ३ गीतको भिडियो तयार पारिसकेका छौ भने बाकि २ गीतको भिडियो पनि छिट्टै नै तयार पार्ने छौ ।

शम्भुजित बास्कोटा मैले शान्ति जी लाई चिनेको दुइ दशक भन्दा बढी भइसकेको छ र पहिलो भेट देखि नै मैला उहा भित्र साहित्यकारलाई पहिचान गरिसकेको थिए । उहाले एल्बम ल्याउन केहि ढिला त गर्नु भएकै हो अब यसको निरन्तरताको कामना गर्छु । साथै एल्बममा समावेश सबै गीत कर्ण्प्रिय छन् भने भिडियोले न्याय नै गरेका छन् ।

नवराज लम्साल – मैले एल्बमको सम्पूर्ण गीतलाई तीन पटक सुने किनकी मैले यसको समिक्षा पनि गर्नु पर्ने छ । म शान्तिजी लाई तेस्रो धारको गीतकार भन्न रुचाउछु किनकी उहाको शब्दले मायाको व्याख्या तेस्रो पक्षबाट गरेको छ । उहाले कसैको मायामा सिधै आफ्ना भावनाहरु प्रस्तुत नगरीकन तेश्रोधारबाट आफूलाई प्रस्तुत गरेका गर्नु भएको छ र गीतहरुको सिरियल हेर्दा एउटा मायाको कथा बोलेको आभाष हुन्छ ।

बसुन्धरा भुषाल – हाम्रो चिनजान भएको लामो समय भइसकेको छ र जसरि उहाले आफुलाई साहित्यकारसंगै गजलकार , पत्रकारको रुपमा आफुलाई उभ्याउन सफल हुनु भएको छ त्यो नै उहाको सफलता हो । एल्बमका सबै गीतले कहिँ कतै मनलाई छुन्छ । शब्द , संगीत र गायन सबै राम्रो छ , शुभकमनासंगै निरन्तरताको पनि कामना ।

प्रदीपकुमार उदय – हाम्रो सहकार्य भएको पनि लामो समय भईसकेको छ । उहा भित्रको साहित्यकार बाहिर आउँन केहि समय त लागेको हो तर परिपक्क भएको छ । उहाको गीतले पक्कै पनि केहि न केहि भाव व्यक्त गरेको नै हुन्छ । यो एल्बम अधरमा समावेश गीतहरुले पक्कै पनि दर्शक तथा श्रोताको मन जित्ने छ , विश्वास छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू