अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

‘मिस नेपाल क्यालिफोर्निया-२०१७’को पत्रकार सम्मेलन सम्पन्न

बिआरटीनेपाल २०७४ जेठ १८ गते ४:०९ मा प्रकाशित

मिस नेपाल क्यालिफोर्निया २०१७ को आयोजकद्वारा पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।  चहल पहल प्रोडक्सनले आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा वे एरियामा क्रियासिल पत्रकारहरुको उल्लेख्य सहभागिताका साथ सम्पन्न भएको हो । 

कार्यक्रममा मिस नेपाल क्यालिफोर्निया २०१७ सम्बन्धी तयारीहरु, प्रतिस्प्रधी छनौट प्रक्रिया, यस कार्यक्रमको उद्देस्य्हरु माथि सहभागीहरुलाई जानकारी गराइएको थियो।  बर्क्लीको हिमालयन फ्लेवरमा आयोजित कार्येक्रममा आयोजक चहल पहल प्रडक्सनको तर्फबाट जोशी बाबु, सन्तोष न्यौपाने र सागर श्रेष्ठले सहभागीहरुलाई प्रश्नोत्तरको माध्यमबाट बिस्तृत जानकारी दिनु भएको थियो ।लोककल्याणकारी उद्देश्यका साथ आयोजित यस मिस नेपाल क्यालिफोर्निया २०१७ बाट खर्च कटाएर बचेको रकमबाट भूकम्प प्रभावित दुर्गम क्षेत्रको बिद्यालय निर्माणमा खर्च गरिने आयोजकले बताएको छ । 

मिस नेपाल २०१३ इशानी श्रेष्ठ, मिस इंडिया अन्तरास्ट्रिय इशा अग्रवाल , फेसन डिजैनर शुभेक्ष्या भडेल, लोकप्रिय नायिका नन्दिता के. सी.को समेत बिशेष उपस्थितिमा हुन गइरहेको यस कार्येक्रम चर्चित हास्य कलाकार एबम प्रस्तोता सन्दिप क्षेत्रिले कार्यक्रम संचालन गर्नेछन भने अमेरिकामा चर्चित प्रस्तोताको रुपमा चिनिएकी निक्की पाण्डेले उनलाई साथ दिनेछिन । कार्यक्रममा बे-एरियाका समाजसेबी, भद्र भलादमीहरु, संघ संस्था प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।  osnepal.com बाट प्रतक्ष्य प्रसारण यसबाबु सन्दिपले गरेका थिए भने फोटो पत्रकार बिनोद के सी, गोविन्द शाहीको समेत उपस्थिति थियो क्ष् मिस नेपाल क्यालिफोर्निया २०१७ को कार्यक्रम संयोजन नविना बस्नेत उप्रेतीले गर्ने आयोजकले बताएको छ । 
प्रतिक्रिया