अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५ | Colorodo: 11:50

टिकापुरका ६ मा अध्यक्ष पदका लागि सन्तोष खड्का बाबुको स्वतन्त्र उमेद्वारी चर्चामा

बिआरटीनेपाल २०७४ जेठ १७ गते १४:०१ मा प्रकाशित

दोस्रो चरणको स्थानिय निर्वाचनका लागि उमेद्वारी दर्ता गराउनेको चर्चा सो क्षेत्रमा चासोकै रुपमा हुने गर्दछ । यसैबिच टिकापुर वडा नं. ६ मा अध्यक्ष पदमा स्वतन्त्र उमेद्वारी दिएका युवा सन्तोष खड्का बाबुको उमेद्वारीलाई पनि चासोको रुपमा हेरिएको छ । कम उमेरमै वडा अध्यक्ष जस्तो उच्च पदमा उमेद्वारी दिएका खड्काको समर्थनमा खाषगरी सो क्षेत्रका युवाबर्ग रहेका छन् भने । उमेर कटेका बृद्ध बृद्धा समेत उनका प्रतिवद्धता प्रति आकर्षित भएको देखिन्छ ।

युवा महिला बालबालिका र बृद्धको सम्मान ,समृद्ध र भ्रस्टचार मुक्त हाम्रो अभियान भन्ने मुल नारा लिएर चुनावी मैदानमा उत्रीएका खड्का बाबुले भाषण गर्ने नेता होईन काम गर्ने नेता रोजेर हाम्रालाई भन्दा राम्रा ब्यक्तीलाई मतदान गरि आफ्नो ठाउँको बिकाश गर्नुपर्ने बताएका छन् । युवा अघि सरेमात्र देश अघि बढ्ने उनको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू