अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

कलाकार बिक्रम परियारको हत्या गर्ने ६ किशोर किशोरी सार्वजनिक

बिआरटीनेपाल २०७४ जेठ १७ गते ४:३७ मा प्रकाशित

कलाकार बिक्रम परियारको हत्या गरेर फरार रहेका ६ जना किशोर किशोरी पक्राउ परेका छन् । गत बैसाख ३१ गते स्थानिय निर्वाचनका लागि मतदान गर्न गृहजिल्ला तनहुँ पुगेका कलाकार परियारका हत्याराहरुलाई पक्राउ गरी प्रहरीले पत्रकार सम्मेलन मार्फत बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ब्यास नगरपालिका देउराली ३ की १८ बर्षिया उसा थापा, ब्यास देउराली ३ कै १६ बर्षिया अन्जनी थापा मगर, ब्यास १ हाईस्कुल टारका १९ बर्षिय रोषन चन्द ठकुरी कान्छी , सोहि ठाउँका १७ बर्षिय तुम्बाङ्गे भनिने प्रसुधन नेपाली, १७ बर्षिय रञ्जन ठकुरी र १६ बर्षिय प्रेम आले रहेका छन् ।

वैशाख ३१ गते आइतबार स्थानीय जलदेवी केन्द्रमा मतदान गरी साँझपख काठमाडौंबाटै मतदान गर्न आएका साथी देवीनारायण श्रेष्ठसँग बाइकमा घुम्दै सेती नदी किनार पुगेका थिए । भादगाउँको छाला फ्याक्ट्री नजिकै पुगेपछि उनीमाथि आक्रमण भएको थियो ।

फोटोग्राफीमा शौख भएका कलाकार बिक्रम परियारले नदि किनारमा केही तस्विर लिएपछि त्यहीँ बसिरहेका ६ जना युवायुवतीलाई आफ्नो फोटो खिचिदिन आग्रह गरेपछि ६ जना मध्यको एकजनाले उनको तस्विर लिईदिए । बाँकी ५ जनाले फोटो लिने साथीलाई नचिनेको मान्छेको फोटो किन लिईस् भन्दै झगडा गर्न थाले ।

आफ्नै कारणले साथीसाथी बिच झगडा भएपछि बिक्रम परियारले उनिहरुलाई सम्झाउन थाले । तर लागुपदार्थ सेवन गरेका ति युवायुवती कलाकार परियार माथीनै जाईलागे । परियार संगै गएका देबि नारायण श्रेष्ठले युवायुवतीलाई सम्झाएर परियारलाई लिएर आउन खोज्दा श्रेष्ठमाथी पनि आक्रमण भयो ।  ढुंगा प्रहार गरेर परियारको हत्या गरी फरार रहेका युवायुवतीलाई ब्यास प्रहरीले मंगलबार राती पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू