अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

लक्ष्य खत्रीको ‘बि एफ जि एफ’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ जेठ १६ गते १३:०९ मा प्रकाशित

कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थायी घर भइ विगत केही वर्ष देखि मुंवइको फिल्म क्षेत्रलाई आफ्नो कार्यक्षेत्र वनाउदै आएका लक्ष्य खत्रीले आफ्नै शब्द,संगीत र स्वरमा ‘द भ्वाईस इंडिया’ बाट आएकी गायिका प्रज्ञा पात्रको साथमा बि एफ जि एफ’ वोलको गीत बजारमा ल्याएका छन् ।

मुम्बईमै रेकर्डिङ गरिएको यो गीतको भिडियोमा खत्रीले सिरियल र गडवाली फिल्मकी नायिका सुप्रिया शुक्लाको साथमा अभिनय पनि गरेका छन् । सुप्रियाले ‘सव’ टिभीको ‘बडी दुर से आई हैं’ र ‘बढी बहु’, तथा ‘एण्ड’ टिभीको ‘ए कहाँ आ गए हम’ लगायतका सिरियलहरुमा मुख्य भूमिका निभाएकी छन् ।

सुप्रिया थिएटर आर्टिष्ट पनि हुन् ।बलिउडका दर्जनौ फिल्महरुमा सहायक निर्देशकको अनुभव संगालिसकेका राज सागरको निर्देशन रहेको उक्त भिडियोमा कृष्ण रावले छायाङ्कन गरेका छन् भने सम्पादन स्वयं गायक खत्रीले नै गरेका छन्।

प्रतिक्रिया