अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 13:02

संस्कृतिबिद् तथा साहित्यकार तुलसी दिवशलाई अमेरिकामा बिशेष अभिनन्दन

बिआरटीनेपाल २०७४ जेठ १४ गते १२:३३ मा प्रकाशित

बरिष्ठ साहित्यकार तुलसी दिवस अमेरिकामा सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र वाशिङ्टन डिसी मेट्रो कमिटी, को आयोजनामा अमेरिकाको भर्जिनिया स्थित मनासस शहरमा संस्कृतिबिद् तथा साहित्यकार दिवसलाई अभिनन्दन गरिएको हो ।

लामो समयदेखी नेपालको लोक संस्कृति र साहित्यका बिबिध बिधामा कलम चलाउँदै आएका तुलसी दिवसले आफुलाई अभिनन्दन गर्ने संस्थालाई धन्यवाद दिएर खुसी ब्यक्त गरेका थिए । नेपाली कला साहित्य र संस्कृतिप्रति झुकाव भएका साथै तुलसी दिवसका प्रशंशक र बिभिन्न ब्यक्तीहरुको उपस्थितीमा सम्पन्न समारोहमा साहित्यका दिवसले नेपाली कला साहित्यका बारेमा बोल्नुका साथै केहि कविताहरु प्नि बाचन गरेका थिए ।

त्यस्तै अनेसासका संस्थापक अध्यक्ष, डिसी मेट्रो कमिटीका सँरक्षक अग्रज साहित्यकार होमनाथ सुबेदी र प्रा। पुरुसोत्तम सुबेदीले प्रा दिवशका बारेमा समालोचकीय मन्तब्य राख्दै दिवश नेपाली कविता, साहित्य र लोक सँस्कृती क्षेत्रका उज्जवल नक्षत्र भएको बताए भने अनेसासका पूर्व अध्यक्ष एवं कवी बसन्त श्रेष्ठले पनि अभिनन्दित दिवशका बारेमा आफ्ना धारणा राखेका थिए ।

अभिनन्दन समारोहका सभापति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले नेपालको लोक सँस्कृती र साहित्य क्षेत्रका धुरन्धर विद्वान प्रोफेसर तुलसी दिवश संगको प्रत्यक्ष भेटघाट, साक्षात्कार, उनलाई सुन्ने र बिशेष अभिनन्दन गर्ने कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी, अमेरिकाले गर्न पाउँदा आफु गर्भित भएको बताउँदै साहित्यकार दिवसको प्रगती र निरन्तर लेखनका लागि शुभकामना समेत ब्यक्त गरेका थिए ।

तुलसी दिवसबारे गहकिलो मन्तब्य राखेका अनेसास डिसी महासचिब पण्डित भुपनारायण घर्तिमगरको उद्घोषण कलाको प्रशंसा गर्दै प्रा। दिवशले मगरको छोरो तर बास्तबमै पण्डित नै भनेर गरेको प्रशँशाले पनि माहौलमा रौनकता थपेको थियो ।

समारोहमा अनेसास डिसी सचिब चर्चित कवयित्री नीरा शर्माले अभिनन्दन पत्र बाचन गरेकी थिईन् भने अध्यक्ष राम प्रसाद खनालले प्रा। दिवशलाई अभिनन्दन पत्र हस्तान्तरण गर्दै अभिनन्दन गरेका हुन् ।

साहित्य अनुरागी र सस्टाहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा अन्य केही कविताहरु पनि बाचन गरिएका थिए ।

प्रतिक्रिया