अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१७ | Colorodo: 07:32

क्रान्ति गर्न शत्रु चाहिन्छ, अहिले शत्रु छैन – मोहन वैद्य ‘किरण’

बिआरटीनेपाल २०७४ जेठ १३ गते ९:२६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेपालमा क्रान्तिका लागि शत्रु नरहेको बताएका छन् ।
क्रान्ति गर्न वर्ग शत्रु हुनुपर्ने बताउँदै अध्यक्ष किरणले अहिले किटानी दुश्मन नभएको बताएका हुन् ।

यसअघिका क्रान्तिमा राणाकाली, पञ्चायती र बहुदलीय व्यवस्था नै मुख्य दुश्मन रहेको बताउँदै अहिले ती सबै मेटिइसकिएकोले अबका क्रान्तिको शत्रु पहिचान गर्नुपर्ने बताए ।

कृष्ण सेन ‘इच्छुक’ ‘१५औं स्मृति एवं बलिदान दिवस–२०७४’ को अवसरमा राजधानीको संवाद डबलीमा इच्छुक साँस्कृतिक प्रतिष्ठान र अखिल नेपाल जनसाँस्कृतिक महासंघले संयुक्त रुपमा आयोजित ‘पुरस्कार वितरण तथा कविता गोष्ठी’मा वैद्यले सो कुरा बताएका हुन् । क्रान्तिका लागि अहिले देशमा प्रतिक्रियावादी नरहेकोले क्रान्तिको आवश्यकताबारे चिन्तन गर्नुको विकल्प नरहेको बताए । ‘क्रान्ति गर्न शत्रु चाहिन्छ, तर अहिले शत्रु नै छैन’ अध्यक्ष किरणले दावाकासाथ भने ।

जनयुद्धका बेला एमाले, काग्रेंससँग लडेको स्मरण गर्दै अहिले सबै आफूसँगै रहेकोले क्रान्तिको आवश्यकता नरहेको दाबी गरे । ‘हिजोका शत्रु एमाले, कांग्रेस आज सँगसँगै छन् । भन्नुस् त अब कोसँग लड्ने ? को प्रतिक्रियावादी छन् यहाँ ? कोसँग र कसको लागि गर्ने क्रान्ति ?’ उनले प्रश्न गरे ।

इच्छुक क्रान्तिकारीहरुको लागि आदर्श व्यक्तित्व मात्र नभई वर्ग चेतना समेत रहेको किरणले बताए । साहित्य–कला सिर्जनाले समाजलाई रुपान्तरण गर्न महत्वपूर्ण भूमिका निभाउने बताउँदै उनले वर्ग शत्रु पहिचान गर्न सके मात्र साहित्य सिर्जनाको महत्व रहनेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि वैद्यले २०७४ को इच्छुक स्मृति पुरस्कार पनि वितरण गरे ।

कार्यक्रममा ‘इच्छुक स्मृति पुरस्कार–२०७४’ स्वतन्त्र पत्रकार नविन विभास र कवि अनिल श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गरिएको छ । विभास राङकोट रोल्पाका हुन् भने श्रेष्ठ आँबुखैरेनी तनहुँका हुन् । दुवै जना जनही ५० हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत भएका छन् ।
त्यस्तै ‘इच्छुक स्मृति पुरस्कार–२०७४’ साहित्य पुरस्कार बुइपा–६, खोटाङकी पञ्चकुमारी परियारलाई र कला पुरस्कार चौतारा साँगाचोगढीका च्याङ्गबा ‘अनिस’लाई प्रदान गरिएको छ । पुरस्कृत दुवैलाई जनही २५ नगदसहित प्रमाणपत्र वितरण गरियो । श्रेष्ठले आफूलाई प्राप्त नगद राशी इच्छुक प्रतिष्ठान संग्राहलय स्थापना गर्न दिने घोषणा गर्दै प्रतिष्ठानलाई नै हस्तान्तरण गरे । कार्यक्रममा कविहरुले कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रमका अध्यक्ष इच्छुक संस्कृतिक प्रतिष्ठान अध्यक्ष इश्वरचन्द्र ज्ञावाली, प्रगतिशील लेखक सङ्गठनका वरिष्ठ उपाध्यक्ष राजबहादुर कुवँरलगायतले नेपाली क्रान्तिप्रति इच्छुकले अथक रुपमा पु¥याएका योगदानबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू