अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

सुडान डार्फर क्षेत्रको उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पत्रकार नारायण श्रेष्ठ अमेरिकामा सम्मानित

बिआरटीनेपाल २०७४ जेठ १२ गते १:३६ मा प्रकाशित

चर्चित पत्रकार नारायण श्रेष्ठ उत्कृष्ठ अनुसन्धानकर्ताका रुपमा अमेरिकामा सम्मानित भएका छन् । मेरिल्याण्डको यूनिभर्सिटी अफ बाल्टिमोरबाट ‘ग्लोवल अफेयर्स’ विषयमा सकेको स्नातकोत्तर संगै उनले छनौट गरेको ‘केस स्टडी’ सुडानको डार्फर क्षेत्रको गहन अनुसन्धानबाट बिश्वबिद्यालयले श्रेष्ठलाई उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा सम्मान गरेको हो ।

स्नातकोत्तर उपाधिका लागि संसारका विभिन्न देशमा भएका द्वन्दका घटनामा जलवायु परिवर्तनको प्रभाव कस्तो पर्छ भनेर खोज अनुसन्धान गरेका श्रेष्ठ यो सम्मान पाउने पहिलो ब्यक्ती हुन् । यसै बर्षबाट उक्त विश्वबिद्यालयले राखेको यो अवार्ड पाउने पहिलो बिद्यार्थी बनेका नारायण श्रेष्ठको तस्विर सहितको सम्मानलाई विश्वविद्यालयले आफ्नो महत्वपूर्ण कार्यहरु सजाउने भित्तामा स्थायी रुपमा राखेको छ ।

सम्मान समारोहमा बोल्दै श्रेष्ठले भने- ‘मैले नेपालको हिमालमा छिट्छिटो पग्लिएको हिउँ र हिमनदी देखेको छु । दश वर्ष लामो द्वन्द पनि देखेको छु ‘त्यही ठाउँको नभए पनि मैले जलवायु परिवर्तन र मानवीय द्वन्दको सम्बन्धका बारेमा खोज अनुसन्धान गर्ने मौका पाएं।

दुई बर्ष लामो अनुसन्धानबाट श्रेष्ठले हासिल गरेको यो सम्मानले सम्पुर्ण नेपालीमा खुसी थपिएको छ । बिबिसी सेवा अन्तरगतको बहस कार्यक्रम साझा सवालबाट अत्यन्त लोकप्रिय बनेका श्रेष्ठ अध्यनका लागि बिबिसी छोडेर सन् २०१४ मा अमेरिका गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू