अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१३ | Colorodo: 22:28

जुनेलीलाइ डी भी, बिर्शेलाइ पी डी – शेखर ढुंगेल

बिआरटीनेपाल २०७४ जेठ १० गते २:४८ मा प्रकाशित
आज  फेरी  बिर्खे  हत्तास बिचलित थकित शरीर अनि मन मस्तिष्क बोकेर कोठा भित्र पस्यो बत्ति बाल्यो र ओछ्यानमा डरलङ्ग पल्टियो  एक छिन  घोप्टो परेर कुक्क कुक्क गरेर रुन् थाल्यो  ..बलिन्द्र अंशु झर्न थाले बलेसीमा पालिको पानि झरे झैँ  बिर्शे ले  टाउको लाइ पलंगको सिरानीमा डुंग डुंग ठोक्यो  निधार बाट तर्रर रगत बग्यो  उसलाई पुछ्न पनि मन छैन बग्न दिन्छ बगोस जति बग्छ झैँ गरेर …….लाग्दथ्यो आज बिर्खे  आफ्नो टाउको  फोरेर सदाको लागि बिश्राम लिन चाहन्छ सदाको लागि शान्तिमा परिणत हुन् चाहन्छ  उफ्फ़ त्यस्तो सजिलो हुन्थ्यो त् !!…तर सोचे जस्तो के हुन्थ्यो र कतै मायाको बन्धन कतै जिम्मेवारी को बन्धन त् कतै आफ्नै लोभ लालच र आंकाक्षा का बन्धन ले बाधिएको छ जकडिएको छ उ स्वतन्त्रता को लागि धेरै आवाज उठाएको उ स्वयम् भने  स्वतन्त्र हुन् खोजेर पनि बन्धित छ। हुन त एक्लो छ कोठामा तर पनि उसमाथि धेरै आँखा हरुको पहरा छ जस्तो लागि रहेछ उसलाई …एउटा  घरको बेस्मेंटमा सुत्न थालेको पनि बर्षौ भएको छ ।  मानौ  उ मेसिन हो पैसा बनाउने र पैसा बनाइ रहेछ सात् बर्ष भयो लगातार न दिन न रात पिज्जा डेलिभरी गरि रहेको छ ।
रातको १  बजेको छ बिर्खे  भर्खर  पिज्जा डेलिभरी (पी डी)काम बाट  घर आइ पुगेको छ । पसिना पसिना भएको शरीर लाइ  थप रक्तिम पनि बनायो अब मन अलि शान्त भए पछी  नुहौछ कपडा  सफा गर्दछ अनि .फ्रिजमा  कैद भएको खाने कुरो   निकाल्दछ प्लेटमा हालेर माइक्रोओभनमा  तताएर खान्छ ।
बिर्षेकी बुढी उसको नाम नै जुनेली जुन जस्तै पिलपिल गर्दै जसको करेसाबारीमा पनि पुगी हाल्ने उडी हाल्ने अति चंचल हावामा उडी रहन्थीन . ब्युटीपार्लर पार्लर कि साहुनी देश विदेश को कुरो गर्न रुचाउने गर्थिन विदेश घुम्ने ठुलो रहर थियो उनलाई ..खेति किसानी गर्ने पोइ बिर्षे लाइ देखेर उनि निरास हुन्थिन .एक दिन त्यस्तो दिन आयो जुनेली आफ्नो ब्युटीपार्लर मा तिन हात ४ बित्ता उफ्रिन पुगिन ग्राहक लाइ सुनाउदै नाच्न लागिन उह्ह्ह मेरो भाग्य बन्यो म जाने भए आम्रिका  याहूऊऊऊऊऊहु हु हु मलाई डी भी पर्यो अब गइन्छ आम्रिका को बस्छ यो नाथे बिजुली पानि न भएको धुलो धुलो को देशमा …….जुनेली ले बिर्षे  भनिन लाइ अब स्वर्गमा बस्न जाने हो यी देख्यौ मेरो भाग्य ?अब तिमीले पनि राज गर्ने भयौ मस्ती गर्ने भयौ ।
 आम्रिकामा डीभी परेर न्यु योर्क आइ पुगे पछी जुनेली को कपाल छोटो बन्छ सारी लगाउन पर्ब आउनु पर्थ्यो मिनी स्कर्ट उनको फेब्रेट भयो पार्टी बार नपुगी निन्द्रा न लाग्ने भयो । पार्टीमा जुनेली कम्मर मर्कौछे उता बिर्षे पिज्जा डेलिभरी मा हात खुट्टा मर्काउदै हुन्छ रेस्टुरा मा धाउन अभ्यस्त जुनेली नाच्दै मुस्कुराउछे भवरा जिस्क्यौछ मन र तन  नजिक हुन्छ भवराले जुनेली को  हात समौछ कम्मर मुनि हात पुर्याउछ अनि कानमा सुस्तरी भन्छ यु आर सो सेक्सी !! जुनेली दंग पर्छिन् उसै सित अर्को पेग  चियर्स गर्छिन अर्को एक गिलास चुस्की थप्छिन ..लरखरीदै घर पुग्छिन बच्चा सुति सकेको हुन्छ बिर्षे पनि छिर्छ घर भित्र अनि जुनेली बिर्षे लाइ घुर्दै भन्छिन जीवनमा एक पटक पनि मलाई सेक्सी भनेंन यार यो मुर्दार ले ……थुक्क मेरो जुनी कस्तो सित बिहे गर्न पुगी छु म मेरो भाग्य नै त्यसतै  बल्ल अब त्  मलाई  डी भी ले भाग्य खुलाई दियो ………..
बिर्षे ले एक दिन बिन्ति गर्यो जुनेली लाइ जुनेली तिमि पनि काम गर न हेर म एक्लो ले कमाएर कसरि यो व्यवहार चलाउनु ?जुनेली ले जवाफ फर्काइ जति गर्ने गरि सके अब त् मस्ती गर्ने हो कसले ल्यायो तिमि  बाख्रा गोठाला लाइ आम्रिका ?यो आम्रिका हो स्वास्नी लाइ हप्काएर  काम लगाउने  तिम्रो नेपाल होइन .पोइको शासन चल्दैन पो भनि त् जुनेली ले ..तेरा अत्तर लिपस्टिक पालिस कहाँबाट आउछ सारा सन्तानको भुँडी कसरि भर्ने हो म एउटा को कमाईले ?भुत्भुताउदै निस्कन्छ बिर्षे ………….बिस्तारै जुनेली को रङ्ग बदलिदै गयो उनको पखेटा निक्ल्यो र एकदिन हुर्केका बच्चा लाइ गरि खाओ भन्दै जुनेली लागिन ४ बच्चा र दुइ श्रीमतीको एक्लो बाउ झिल्के सित अर्कै राज्य तिर लागेको पनि ४ बर्ष भै सक्यो  अब त् बिर्षे को लागि जुनेली को  सम्झना पनि धमिलो बन्दै गएको छ तर पनि कहिले कहिँ अतित बल्झी दिन्छ  .सम्झने फुर्सद नहुदा नहुदै पनि अरुले न सम्झे पनि हरेक दिन न रोएको दिन छैन सबै भएर पनि बिएशे आज एक्लो भएको छ स्वर्गको सपना मा घिसारीएको बिर्षे पी डी को गन्ध मा रुमलिएको छ आफ्ना हुर्केका सन्तानको सम्झना गर्छ खोजिगर्छ तर उनिहरु  बिर्षे लाइ हुतिहारा भन्दै आ-आफ्नो धुनमा कता छन् थाहा छैन बिर्षे लाइ न खोज्छन उनि हरुले न बिर्षेले फोन गर्दा कुरो गर्छन।
 कहिले काँही बिर्खे  मनै मन आफु लाइ एक कायर पुरुष ठान्दछ .धेरै कुरो मा अनिर्णय को शिकार बनेर स्वयम्  पिल्सिएको छ जिम्मेवारी  र सामाजिक आडम्बर को नाममा आफु लाइ दैनिक जलाएर बाँची रहेछ उ …..कहिले रहर त् कहिले बाध्यताको बहाना को भारि बोकेर …सफल असफल जीवन लाइ  दैनिक नया शिक्षा नया अनुभब बटुल्दै अगाडी बढी रहेको छ उ …मन भित्र भक्कानिएका अनेक गाँठा हरु लाइ सम्हाल्दै अमेरिकी जीवनको तितो र मिठो स्वाद भोगी रहेछ …..बेला बेला मा आउने यस्ता बन्दुक र गोलीले भने बिर्खे   लाइ क्षणिक हतोत्साहित भने पारि नै  दिन्छ तर ..अगाडी निरन्तरता दिनु को बिकल्प पनि त् हुनु पर्यो ..तर कामको अर्को बिकल्प यो समाजमा छैन भन्ने हेक्का भएकोले उसले काम लाइ उच्च प्राथमिकतामा राखेको छ र गरि रहेछ …
बिर्षे ले  पन्छी झैँ स्वतन्त्र निस्फिक्री भएर उड्न न खोजेको होइन तर सामाजिक पारिवारिक आशक्ति ले उसलाई कमजोर बनाएको छ उसको कदम कुजिएको छ आडम्बरको बन्दि भएको छ । ताउको माछा झैँ जिउदै  तड्पिरहेको छ।
भोलि बिहान सबेरै काम मा जानु छ केहि घण्टा मात्र छ उसको सुत्ने समय बाँकी  तर उ सुत्न सकेको छैन आज …..हुन् त् यो सात् बर्षको पिज्जा डेलिभरी सेवामा यो नौलो र नया अत्यास थिएँन बिर्षेको लागि  तर पनि अर्को नया अत्यास बाट जोग्गीएको  थियो आज फेरी …त्यसैले हत्तास छ।
आज सामान्य भन्दा फरक मनोदशा छ बिर्खे को ..उ निदाउन खोज्छ केहि बेर अगाडी मात्र कान को नजिक बाट गएको गोलीको टूईईईईईई………टुइईईईईईईईईइ को आवाज ले उसलाई बेचैन बनाएकोछ .घटना पछी ३० मिनेट सम्म को लामो बाटोमा कसरि गाडी चलाएर लेराउन सक्यो उ आफै लाइ होस् छैन .बिर्षे  सधै झैँ आज पनि  पिज्जा डेलिभरी गर्दै थियो कसैले कहाँ बाट गोलि चलायो थाहा छैन बिर्षे को दाया  कान को नजिक बाट गयो र नजिकको कार मा ठोक्कियो …कारको सिसा चकनाचुर भयो ….तर बिर्षेको भाग्य ? उसलाई  केहि भएन सायद उसको दुखका  दिन अझै बाँकी रहेछ .वा अझै दुख खानु लेखेको छ !!! हुन् त् यस्तो लुटेरा हरुको सामना उसको लागि नया होइन यस भन्दा अगाडी पनि काम बाट फर्किदा घर नजिकै कन्चटमा जोसिला अस्वेत तिन युवाहरुले बन्दुक तेर्स्याएर बगली खाली गरि  दिएका नै हुन् ..बिर्षे  ढुक्क छ  आफ्नो दिन पुरा नहुन्जेल केहि हुने वाला छैन जुन दिन आफ्नो दिन पुरा हुन्छ त्यो दिन ओछ्यान मा सुति सुति नै जाने पनि धेरै छन् ..तर पनि घटना हरुले बिचलित त् बनाइ हाल्दो रहेछ … आज उ फेरी बिचलित भएको छ एक छिन को लागि …
अमेरिका आएको दिन फेरी  गन्यो बिर्खेले  ..अर्को महिना सात् पुगेर आठ बर्ष लाग्छ   .उफ्फ़ फेरी कपाल समात्यो अनि ति बिगत लाइ सम्झ्यो …………..आउँन इच्छा नहुदा नहुदै पनि श्रीमती र बच्चा हरुको करले गर्दा उसले भएको सुखमय किसानी पेशा  छोडेर यहाँ आप्रबासी बन्न पुगेको थियो ।  कुनै प्राबिधिक ज्ञान र प्रमाण पत्र न भएको स्तरीय अंग्रेजी न भएको बिर्खेको  लागि सुरुमा यहि काम मिल्यो र बिकल्प खोज्दा खोज्दै सात् बर्ष बिती सक्यो पिज्जा डेलिभरी गरेको …न प्रचण्ड गर्मीका दिन न हिउले सडक पुरिएको दिन न त् भिषण आन्धि बेरीको दिन सबै दिन उस्तै हो उसको लागि ..अमेरिका सपना को देश अबसरको देश ???? धेरै कथा सुन्यो बिर्षे  ले धेरै व्यथा भोग्यो बिर्षे  ले ..र आ मरके खा भनेको पनि सुन्यो ..
यहाँको व्यवस्था (System ) ,संयन्त्र सित परिचित हुन् ४/५ बर्ष लाग्नेअनि जब अलिकति खातामा रकम जम्मा भएको देख्छ संयन्त्रले चिन्नु न जान्नु घचेडी माग्नु भन्ने नेपाली उखान लाइ सम्झाउदै यहाँ त् चिन्नु न जान्नु सहयोगी बन्नु ?झैँ उधारो पैसा (credit card ),उधारो कार उधारो घर उधारो ति भी उधारो लुगा जुत्ता किन किन किन किन भनेर चिठ्ठी पठाउन थाल्दछ ।
 …अपवादलाई छाडेर बिर्षे  जस्तो अदक्ष आप्रबासीको जीवन ऋण मै बित्दछ यो देशमा ..तर पनि ऋणमा किनेको घर र कारको फोटो देखाउन तिन हात बित्ता उफ्रने हरुले बिर्षे लाइ गिज्याई रहेछ  भने उता जुनेली लाइ हसाइ रहेछन यहाँ ….बिर्षे  त् मन मनै भनि दिन्छ बिचरा ऋणमा फसेछन  कहिले उन्मुक्ति हुन्छन  होला ….रहर नै त्  हो नेपाली उखान जस्तो यसै ऋण उसै ऋण बुढी भैंसी बेची बाख्री किन भने जस्तो ….सके तिरौला न सके देखा जाला रहर भने पुरा गर भन्ने हरुलाई अवसर छ यहाँ यो देशमा  तर तर बिर्षेको  लागि त्यो रहर पनि पुरा गर्न सक्ने अवस्था छैन सिमित कमाइ र न्यु योर्कको महंगाई ले जीवन लाइ अगाडी घिसार्ने भन्दा थप उत्साह केहि दिएको छैन …….७ बर्ष बित्यो न्यु योर्क शहरको एउटा कुनामा बसेर  पिज्जा डेलिभरी गर्न थालेको ……अझै कति दिन र वर्ष  हो थाहा छैन कति हिउद र बर्षात हो थाहा छैन  उसलाई …अब त् उदेश्य र लक्षहरु निस्क्रिय भए जस्तो भान हुन् थालि सक्यो आफ्नो आसा मरे पनि अरुको आशामा जल सिंचित गर्नु को अनिवार्यता  लाइ निरन्तरता दिनु मै सन्तोषको पहाड चढेर आनन्द लिए जस्तो .भएको छ बिर्षेको  दैनिकी ….
दुइ  वटा केटाकेटी  बोकेर श्रीमती जुनेली ले छोडेर अर्को बाटो लागेको  पनि ५ बर्ष बिती सक्यो   तर उसलाई केटाकेटीको खर्च व्यहोर्नु नै छ . सामाजिक  व्यवहार सम्हाल्न बिर्खे  एक्लो लाइ   न्यु योर्क शहरमा सधै  धौ धौ परि रहेको छ .नेपालमा  आफ्नो पुर्ख्यौली घर जग्गा मा गरेको खेतीपाती र बाख्रापालन र  करेशा बारीको आम्दानीले बर्ष दिन खान आनन्द सित पुग्नेमात्र होइन आम्दानीले केटाकेटी लाइ पढाउन समेत सक्षम  बिर्षेकी  श्रीमतीलाइ अमेरिकाको  डीभी पर्यो श्रीमती र बच्चा हरुको खुसीले आकास छुयो । सायद उनि हरुले सोचेका थिए अमेरिका भन्ने देशमा रुख बाट पत्कर झरे झैँ डलरको बर्षात हुन्छ अमेरिकाले काम नगरिकन सुतेर खान दिन्छ आफ्ना नागरिक लाइ …….नलागेको गोलि ले नै बिर्शेलाइ  धेरै तताई दिएको छ आज उ सुत्न  सक्दैन । सोच्दछ सायद  सन्तान हुर्केका भए उनि हरुले सहयोग गर्थे होलान ..तर एकमन सोच्दछ खोइ हुर्केका हरु आ आफ्नो बाटो लगेर बुढा बाबु आमाको बिच्चल्ली भएको पनि त् छन् कोइ त् यहाँ बस्न नसकेर नेपाल फर्केका पनि छन् . बाबु आमा लाइ बेस्मेंट मा सुताएर घर अरु लाइ भाडामा दिने पनि देखिएको छ ..यो सब जीवन लाइ अगाडी बढाउने आशाबादी सोच मात्र हुन् सबैको आफ्नो जीवन हुन्छ सबै आफु लाइ स्वतन्त्र पार्न  सोच्दछन ..हो पनि यो तनावग्रस्त समाजमा आफ्नै लागि भारि  जीवन अरुको लागि सहायक होस् पनि कसरि ….?
सायद अमेरिकाका उच्च भवन अनि बास्तबिक जीवनका  दृश्य हरु को यथार्तता को खबर हुन्थ्यो भने नेपालको सम्पूर्ण सम्पति बेचेर बिर्षे जुनेली को लहै लहै मा लागेर अमेरिका किमार्थ आउने थिएँन .नेपाल मै सुखै सित जीवन बिताउन सक्थ्यो …तर उफ्फ़ उफ्फ़ एक्लो कमाइ अनि आडम्बर युक्त दैनिकी लाइ ढाकछोप गर्न मै सात् बर्ष बित्यो कहिले यो जीवनले आराम गर्ने होला कहिले सुख र शान्ति को स्वास फेर्ने  होला ?आफैले आफै लाइ प्रश्न गर्छ उ ….कहिले हुर्कलान केटा केटि कहिले आफ्नो खुट्टा मा उभिएर गरि खान समर्थ होलान र र आराम को स्वास फेर्ने होला ??…………आफु खोक्रिएको चिन्ता भन्दा आज बिर्षे  लाइ अमेरिका खोक्रीसकेको देखेर चिन्तित गरायो सोचनीय बनाएको छ उसलाई जुन उसले कल्पना  पनि गरेको थिएँन कि अमेरिकाको मध्यम वर्ग भन्दा मुनि पनि अर्को वर्ग छ र उनि हरुको जीवन अन्य गरिब देशको भन्दा धेरै गुणा दयनीय छ भनेर …सात् बर्ष  देखि अमेरिकाको न्यु योर्क शहरमा पिज्जा डेलिभरी  फुल  टाइम काम  गरेको बिर्षे ले न्यु योर्क शहरको  घर घर को अवस्था सित परिचित हुने र केहि अनौठा अपत्यारिला  दृश्य सित साक्षात्कार भै रहेको छ ।
हरेक दिन पिज्जा डेलिभरी गर्दै नया नया दृश्य लाइ मस्तिष्कमा कैद गर्दैछ उ ।
 बिर्खेले  अमेरिका लाइ सतही तवरमा मात्र देखेको थियो .काम घर काम नै अधिक समय बिताएको मानिस लाइ बाह्य संसारमा पहुच पुर्याउन गार्हो हुने नै भयो .यहाँ को विकास र गगनचुम्बी महल मा फोटो खिचाएर अमेरिका देखाउने धोखो त् पुरा भै सकेको थियो तर यहाँको ढोका ढोका मा पुगेर आदिबासी हुन् कि आप्रबासी को जीवनको बस्तु स्थिति नजिक बाट देख्ने र अनुभब गर्ने मौका भने पिज्जा डेलिभरी कामले   दियो …७ मा एक बालक भोक बाट पिडित छन् भन्ने समाचार त् पढेको थियो किरणले कुन हद सम्म को कठिन जीवन पनि छ यहाँ भन्ने कुरो पनि अनुभब गर्दैछ आज भोलि उ …न्यु योर्क शहरमा बस्ने अदक्ष र न्यून आय हुने  आप्रबासी हरुको जीवनको कस्ट लाइ नजिक बाट हेर्ने देखें र सुन्ने मौका पिज्जा डेलिभरी कामले जुरायो बिर्षे लाइ  लाइ ……
कहिले उ सम्झन्छ धत्तेरिका हामीले उहिले काठमान्डौ को कालिमाटी टोल तिर तराइ बासि  देखिने छिमेकी क्षेत्रका श्रमिक वा सडक ब्यापरी हरु लाइ एउटा छिंडीमा सुकुल ओछ्याएर ८/१० जना सुतेको त्यहि भात र एक थरि तरकारी पकाएर खाइ पैसा जोगाएको देखेको अवस्था बिस्वको राजधानी न्यु योर्क मा  पनि रहेछ .बिस्वास नै हुँदैन परिवार नियोजन को लागि नेपालमा  करोडौ सहयोग गर्ने अमेरिकाको आँगनमा एक परिवारका ४/६ सन्तान पनि हुन्छन अनि तिम्रो र मेरो छोरो मिलेर हाम्रो छोरो लाइ पिटे हेर ..पनि भन्दछन एक परिवारमा दुइ वा तिन गुटका सन्तान रहन्छन वा कस्तो मजबुरी कि महानता सोच्नै गार्हो। पिज्जा डेलिभरीको घन्टी सुन्ने बित्तिकै हुरुरुर ढोकामा दौडदै आएको देखेर लाग्दछ बिचरा हरु पक्कै  धेरै भोकाएका छन्  लाग्दथ्यो उतिबेला हाम्रो गाउ घरमा दशैमा खसी लेराउदा जसरि केटाकेटी खुसि हुन्थे यहाँ पनि पिज्जा आइ पुग्दा अगाध खुसि हुने ???.एउटा ठुलो ८ टुक्रे पिज्जा छ खाने पनि ६/८सायद  सायद डिनर यहि हो आजको उनि हरुको जस्तो लाग्छ बिर्षे  लाइ …..सबै बच्चा हुरुरु ढोका  मा आएर पिज्जा लिन खोज्छन उता पछाडी बाट आमा आएर झपार्दै भित्र पस्न भन्छिन यता उता बाट जम्मा गरेर मुस्किलले पिज्जाको पैसा भुक्तानी गर्छिन र अनि भन्छिन सरि आइ डनट हायभ टिप्स ………..मन कुढ़ीन्छ हालत देखेर मन मनै सोच्छ उल्टो २/४ डलर दिउ तर फेरी होस् मा आउछ यहाँ यसो गर्नु पनि  उनि हरुको अपहेलना गर्नु हो ..चुपचाप फर्किन्छ अर्को डेलिभरीको लागि ………..
कस्तो अचम्म लाग्ने बाध्यता को सम्झौता हरु ?उफ्फ्फ्फ़  नेपालमा एक टुक्रा बाउले कमाइ दिएको पाखा बारीमा अंशको लागि लाठि मुंग्री गरेको देख्ने यो आँखाले एकाघरमा कोइ अफ्रिकी कोइ एसियाली कोइ लाटिनो को कहाँ को सरोकार छैन मिलेर बस्नु को बिकल्प नरहेको देख्दा …एक घरमा बेस्मेंट देल्खी तला तला मा फरक परिवार बस्छन एक अर्काको काम को समय फरक आउने जाने गर्दा असुविधा पुग्ने कारणले प्रत्यक परिवारको अलग अलग घन्टी ढोकामा …नम्बर १ माथिल्लो तला नम्बर दुइ बिचको तला नम्बर ३ बेस्मेंट यसरि लेखिएको हुदो रहेछ पिज्जा डेलिभरी कर्ता लाइ रिमार्क गरिएको हुन्छ यति नम्बरको स्विच थिच्नु भनेर …तिन छक पर्छ बिर्षे  …
कतिपय लोकेसन मा डेलिभरी गर्नु पर्दा कम्पनि ले निर्देशन गर्छ कि गाडी बाट न ओर्लनु ढोका लक् गर्नु अनि फोन गरेर लिन आउँन  भन्नु ….किनकी पिज्जा मात्र लुटिएको होइन भएको पैसा पनि लुटिएको  ज्यानै लिएको  धेरै घटना भै सकेको  रहेछ त्यस्तो लोकेसन मा …………..
निन्द्रा लागेको छैन बिर्षे  लाइ  आज भोगेको तातो गोलि को आवाज संगै पिज्जा डेलिभरी गर्दा को दृश्य हरु एक एक गरेर मनमा तरंगित हुन्छन ।
अमेरिकन भएर र अंग्रेजी बोल्दैमा सुख पाइन्छ भन्ने सोच भ्रम रहेछ  भन्ने मान्यता बनाइ सकेको बिर्षे  लाइ यहाँ को बसाइ को दुराबस्थाले थप बल पुर्याएको छ .हिजै त् हो एउटा डेलिभरी गरेको थियो .एक घर बाट तिन वटा अर्डर अलग अलग थियो .जब बताइएको घरमा पुग्यो घर नम्बर थिएँन अनि फोन गर्यो ..क्रस स्ट्रिट सोध्यो सहि ठाउमा नै आइ पुगेको छ अनि भन्छन पछाडी आइज बिर्षे ले  भन्यो पछाडी झाडीबाट म डेलिभरी गर्न सक्दिन आफै आउनुस तब ग्राहक ले ढोका होइन झ्याल खोले र तिन वटै अर्डर लिए ..र तब मलाई बिर्षे  लाइ थाहा भयो कि त्यो घर बैंकले लिलामीमा राखेको रहेछ लिलामी को सूचना बोर्ड भुइमा खसेको छ …झारपात बढेर घरको ढोका समेत छोपिएको छ तर त्यहि घरमा आप्रबासी का तिन परिवार अबैध तरिकाले पछाडिको झ्याल बाट छिरेर बस्ने गर्दा रहेछन …अबैध तरिकाले अमेरिका प्रवेश गरि लुकेर बसेका यस्ता सवा करोड आप्रबासी सम्बन्धि नियम लेराएर ब्यबस्थीत् गर्ने भनेको पनि दशक बित्यो केहि भएको छैन अझै यसरि बस्नु पर्दा को पिडा उनि हरु लाइ नै थाहा होला .बिर्षे लाइ आफ्नो दुख बिर्स्याउने बहाना मिल्छ ।
सात समुन्द्र पारि देखि सपना सजाउन सुख पाउन  सन्तानको भबिस्य बनाउन घर बार त्यागेर विदेशिएको बिर्षे  यहाँका रैथाने हरुको अवस्था देखेर छक्क पर्छ सायद यस्तो दृश्य पहिले देखेको भए किन आउथ्यो अमेरिका उ ..न्यु योर्क शहर को प्राय जसो घर को भूमिगत तल्ला (बेसमेंट )मा कोठा बनाएर भाडामा लगाइएको अनुभब पहिलो हो उसको लागि  यहाँ सम्म कि केहि घरको कार ग्यारेज समेत लाइ कोठा बनाइ भाडा मा लगाइएको .देख्यो बिर्षे ले  …..कति असहज छ यहाँ बाच्न ..न उधारो चल्छ न  सापट नै माग्ने चलन छ ….न दिन्छन नै …
कारणबस हो वा जानी जानी कयौ घरका ढोकामा घन्टी का स्विच  फ्याकिएका …. घर नम्बर समेत फ्याकिएका त् कतिपय घरमा कतै घर नम्बरको अगाडी को हुन्न कि कतै पछाडी को हुन्न कि त् कतै बिचको नम्बर हुन्न .पिज्जा डेलिभरी गर्दा सामान्यत घन्टी बजाउनु पर्यो घन्टी छैन घर नम्बर छैन अनि फोन गर्यो फोन उठ्दैन अनि कसरि डेलिभरी गर्ने ………..जति धेरै डेलिभरी गर्यो त्यति नै बढी टिप्स को आशा हुने हुँदा छिट्टो छिट्टो डेलिभरी गर्ने सोचमा यस बेला तुषारापात हुन्छ .सम्पर्क न भए पछी डेलिभरी नगरी फर्कियो आधा बाटो फर्किए पछी फोन आउछ ए त् कहाँ छस खोइ मेरो पिज्जा भनेर ……..रातको समयमा भएको घर नम्बर पनि नदेखिनु त् अर्को समस्या नै हो पिज्जा डेलिभरी गर्ने को लागि …
धेरै जसो अस्वेत  हरु र लाटिनो हरु बाट टिप्स पाउने त् के लुटिने खतरा बढी हुन्थ्यो  केहि बर्ष अगाडी एक पिज्जा डेलिभरी गर्ने लाइ लुटेर हत्या समेत गरेका रहेछन यहाँ …पेट पाल्न कै लागि लुट्ने र हत्या गर्ने हरुको संख्या  कम छैन यो समाजमा ..त्यसले गर्दा राति को यो काम सधै जोखिमपूर्ण त् छदैछ त्यस माथि आफ्नो मानसिक तनाव ले कठिन भन्दा कठिन जीवनको यथार्तता देख्दा भने आफु लाइ यी रैथाने भन्दा त् सुखी नै छु भन्ने सोच सिर्जना गरि दिन्छ कहिले काही …….जे भेट्यो त्यहि काम गरि हाल्नु पर्ने बाध्यता हो अमेरिकी समाजको किनकी के थाहा अर्को काम कहिले मिल्छ ?
Statue of Liberty को आँखा अगाडी यहाँ समानता को कुरो गर्ने हो भने हो लिखित छैन ब्यबहार पनि छैन किनकी कानुनले बर्जित गरेको छ तर मन मस्तिष्कमा भने यति जर्जर विभेद छ कि अस्वेत हरु भएको ठाउमा स्वेत हरु नबस्ने ,अस्वेत हरुको बाहुल्यता भएको स्कुल मा स्वेत हरुले आफ्ना बच्चा न पठाएर प्राइभेट स्कुल पठाउने वा घरमै पढाउने समेत गर्दछन । यहाँ सम्म कि स्पस्ट देख्न सकिन्छ घर निर्माण वा सहरी विकास कम्पनिहरुले मिलिनियर कोलोनी ,मध्यम बर्गीय कोलोनी को रुपमा अलग अलग स्तरको  निर्माण गर्दछन .अझ मनोरंजन कै कुरो गर्दा पनि एक चोकको एक कुनामा अस्वेत हरुको पब (क्लब )अर्को कुनामा स्वेत र अर्को कुनामा लाटिनो हरु मात्र जाने क्लब रहेका छन् कतिपय एपार्टमेन्ट ले स्तर मा समानता राख्न बार्षिक  निश्चित रकम भन्दा कम आम्दानि हुने परिवार लाइ कोठा उपलब्ध गराउन समेत निस्तेज गर्ने नियम बनाएका छन् ।
बिर्षे  स्मरण गर्दै गर्छ
 पिज्जा डेलिभरी का अनौठा लाग्ने  दृश्य र अनुभब धेरै छन्  ..बिर्षे सम्झिन्छ ..
एक दिन को कुरो हो  तिन ४ चोटी ढोका को घन्टी बजाई सक्यो ढोका खुल्दैन .फोन गर्यो फोन उठ्दैन उता बीच सडकमा  कार पार्किंग छ ट्राफिक प्रहरीले टिकेट देला भन्ने डर …टिप्स मिल्ने हों नमिलने हो उता कार को टिकेट मिल्ला भन्ने डर छ । १० मिनेट पछी ढोका त् खुल्यो १७ डलरको चानचुन प्लास्टिकको सानो ब्याग मा हालेर दिन्छ अब गन्नु कि जानु ? यस्तो यस्तो सम्म समेत दृश्य यहाँ धेरै देख्न सकिन्छ .हात्तिको देखिने  दाँत र चपाउने दाँत फरक भए झैँ यो भूमिको देखिने र भोगिने अथर्ताता फरक छ जति आकर्षण त्यतिनै असहज र पिडा लुकेको च यी गागल चुम्बी महल हरुको गल्लि गल्लिहरु मा ……….
केहि  दिन अगाडिको कुरो त् हो नि झरी परेको सांझ  एउटा अस्वेत युवा ले पिज्जा कम्पनीको फोहोर फ्याक्ने कन्टेनर बाट फ्याकिएको पिज्जा उठाउदै गरेको देख्दा यस्तो लाग्यो अरु देशका गरिब लाइ खाध्यान्न बाडेको ठुलो ठुलो समाचार बनाउने अमेरिकी सरकार को आँखा किन आफ्नै आँगनको दुखि पिडितको उद्धारमा पुगेको छैन ?भन्ने प्रश्न उठ्यो ..अर्को तिर भाग्यमा छैन भने अमेरिकामा जन्मेर र अंग्रेजी बोलेर पनि हुन्न जे लेखेको  छ त्यहि हुने हो दुख सुख चाहे त्यो अमेरिकामा जन्मियोस चाहे नेपाल वा चाहे अफ्रीका भन्ने बिर्षेको मान्यता लाइ बल दिने दृश्य थियो त्यो ………..
 कस्तो कस्तो आपद छोरा बुहारी कामंमा गएका बुढी आमा घरमा एक्लै छोराले अनलाइन बाट पिज्जा डेलिभरी अर्डर दिएका रहेछन घरको फोन # दिएको आमा अंग्रेजी पटक्कै नबोल्ने ढोका को घन्टी छैन कसरि पिज्जा डेलिभरी गर्ने ?फर्केर आयो बिर्षे  आफ्नो ग्यास खर्च गरेर …..एउटा एपार्टमेन्ट को हाल देखेर छक्क पर्छ बिर्षे  …एपार्टमेन्ट को ढोका फुटेको छ ताल्चा साँचो छैन रे ६५ बर्षको श्रीमान काम मा गएको छन रे बुढी मान्छे तल पिज्जा लिन आउँन  नसक्ने रे   कार पार्क गर्न ठाउ पनि छैन अर्को कार छोड्ने स्थिति पनि छैन लुटिने डर कसरि डेलिभरी गर्ने ?बिर्षे लाइ पर्छ आपद  .. टिठ लाग्छ यस्तो अवस्था देखेर …रेडिमेड खाना ,प्याकेजको खाना खाने बानि परेका यो समाजका नागरिक हरु जीवन को कठिनाइ लाइ हामी सित दाज्ने हो भने सच्चिक्कै हामी अझै सुखी छौ खुसि छौ जस्तो लाग्छ .एकको कमाईमा आश्रित हुने आडम्बरी समाजको सदस्य बिर्षे  लाइ यहाको पारिवारिक अवस्थाको गहिराइ लाइ हेर्दा हामि साच्चिकै भाग्यमानी हौ तर त्यो भाग्यलाई सदुपयोग गर्न नसकेर भौतारिएको कता कता पछुताव पनि महसुस हुन्छ .अमेरिकामा नै सबै थोक छ भनेर भएको घर खेत बेचेर आउने हरु पछुताउनु परेको छ कारणबस शरीरले साथ नदिएको दिन सडकमा पुग्नु यहाँको तितो सत्य र नियति हो .नियम र व्यवहार कठोर छ भावनामा बगेर निर्णय हुन्न .त्यसैले यो समाजको मूल मन्त्र भनेको आफ्नो खुट्टामा उभिन सक्षम हुनु पहिलो सोच हो र कर्म हो।
केहि यस्ता ग्राहक पनि देख्यो बिर्षे ले पिज्जा डेलिभरी गर्दा  यहाँ को कानुनले खोजि गरेको हरु साथीको  घरको बेस्मेंट मा लुकेर बस्दा रहेछन  आफ्नो फोन नहुने इन्टरनेट नहुने अर्को साथी लाइ भनेर अनलाइन बाट अर्कैको नाम बाट  पनि अर्डर गर्दा रहेछन  घरमा पुग्यो घर नम्बर छैन फोन गर्यो अर्डर गर्ने मानिस अर्को शहरमा छ यता न घन्टी छ न फोन ..बल्ल बल्ल अर्कोले उताबाट अर्को साथी लाइ पठाई दिन्छ उसले बेसमेंट मा ढोका ढकढक्याएर पिज्जा लिन बोलाउछ ..अँध्यारो रात एकान्त को घर अनि टुन्न मादक पदार्थ पिएर अपशब्द मात्र बोल्ने त्यस्ता ग्राहक बाट उम्कन पाए मात्र पनि ठुलो उपलब्धि जस्तो लाग्दछ ..टिप्स को कुरो छोडौ न लुटिदिए भाग्य …..पिज्जा डेलिभरी काम अमेरिकामा प्रत्यक शहरले र केन्द्रले न्युनतम तलब तोकेको त् हुन्छ तर कहाँ लागु हुने ? त्यसैले होला लाटीनो मुलका आप्रबासीको एउटा थेगो छ “मुच्चो तर्बाहो पोकितो दनेरो “अर्थात धेरै काम थोरै पैसा (आम्दानी )अर्थात आप्रबासी लाइ सस्तोमा काम लगाएर १० %उच्च नागरिकको हरुले शासन गरेको देश रहेछ  अमेरिका अपबाद र बिशेष दक्षता भएका केहि आप्राबासी लाइ अलग्याउने हो भने सस्तो कामदार कै लागि आप्रबासी प्रति उदार भएको हो कि यो अमेरिका ?जस्तो अनुभब गर्दैछ बिर्षे  ….आप्रबासीको देश ब्रिटिस फ्रान्स र इटालीको बिराशत सम्हाली रहेको छ स्वतन्त्रता को आफै लाइ बाध्यता को बन्दि बनाएर बहानाको गहनाले सिंगारेर गर्वित छन् आप्रबासी तनाव सित सम्झौता गरेर ….
यस्तै बितेका दिन को सम्झना गर्दै आफ्नो भाग्यलाइ तौलदै थियो कुन बेला झपक्क निन्द्राले छोप्यो उसलाई सपना देख्दै थियो बिहानीको आलार्म घन्टी बज्यो टाउको अझै चर्की रहेको थियो ।
तर काममा नगई सुखै थिएन हत्तार हत्तार उठ्यो आँखा मिच्दै माइक्रोवेभमा कफीको लागि पानि तताउन हाल्यो र नुहाउन छिर्यो .दुइ टुक्रा पाउरोटी हातमा लिएर चपाउदै कफी बोकेर हिड्यो बिर्षे  फेरी पिज्जा डेलिभरी गर्न ….
प्रतिक्रिया