अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

डिसीमा एनपीपीए ईहि समारोह सम्पन्न

बिआरटीनेपाल २०७४ जेठ ९ गते ९:२७ मा प्रकाशित

विजय थापा ,वासिङ्टन डिसी
नेपा पास पुच अमेरिकाये (एनपीपीए )को ईहि समारोह भव्यता का साथ सम्पन्न भएको छ l मेरिल्याण्डको हरे कृष्ण मन्दिरमा नेवा समुदाय सहित अन्य समुदायका कन्याहरुले समेत ईहि पूजा गराएका छन् l अमेरिकाको डिसी महानगर क्षेत्रमा २६ वर्ष अगाडी स्थापना भएको एनपीपीएको उक्त इहि समारोहमा दर्जनौ कन्याहरुले इहि गराएका थिए l नेवा समुदायका पण्डित बासव राजोपाध्यायले सम्पूर्ण विधि गराएका थिए l 

एनपीपीए का अध्यक्ष सरोज प्रजापतिले ईहि समारोह अति महत्त्वपूर्ण दिन भएको बताउँदै नेवा समुदाय बाहेक अन्य समुदायका कन्याहरुले पनि ईहि गराउन थालेकोमा हर्ष व्यक्त गरिन l पण्डित राजोपाध्यायले भने नेवा समुदायको मात्र ईहि समारोह ,पर्व र पूजा मात्र भन्ने परम्परागत सोचाईलाई अमेरिकामा रहेका अन्य जातिको सहभागिता बढ्नु नै उपलब्धि भएको बताए l

पण्डित राजोपाध्याय भन्छन् यसलाई बेल विवाह भन्ने गरेकोले बेलसंग बिल्कुल विवाह गरेको हैन ,गलत अनुवाद गरिएको भन्दै केवल साक्षी मात्र गरेको भन्दै इहि भन्दा उत्तम हुने जानकारी दिए l नेवा समुदायमा बिधवा भन्ने नै छैन र हुँदैन l कन्याले केवल सुवर्ण कुमार सँग मात्र विवाह गरेको हुन्छ l विवाहमा भगवान् शिवको प्रतिनिधित्व गरेको हुन्छ l सुवर्णले भगवान् विष्णु तथा नारायणको प्रतिनिधित्व गर्छ भने l

उक्त इहि समारोह पूजामा पाँच देखि एघार वर्षका उमेरका कन्याहरुले मात्र इहि गराउने गरिन्छ l ईहिको लागि अन्य राज्यहरू व्हिस्कनसिन ,न्यु ह्याम्प्सयर तथा अन्य राज्यहरू बाट अभिभावक सहित कन्याहरु आएका थिए l 

प्रतिक्रिया