अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४९ | Colorodo: 14:04

डिसीमा अन्तरक्रिया कार्यक्रम मा पूर्व राजदूत डा. शङ्कर शर्मा सम्मानित

बिआरटीनेपाल २०७४ जेठ ८ गते २०:३२ मा प्रकाशित

विजय थापा,वासिङ्टन डिसी

मई २२ ,अमेरिकाका लागी नेपालका पूर्व राजदूत शङ्कर प्रसाद शर्मा(बिद्या वारिधि )लाई आयोजित एक गोष्टि कार्यक्रममा सम्मान गरिएको छ l डिसी महानगर क्षेत्र बासीको तर्फबाट अमेरिकाको निजी भ्रमणमा आएको मौकामा अमेरिका नेपाल सहयोगी समाज र इन्टर नेसनल डेवलवमेन्ट इन्सटिट्युटको संयुक्त सयुक्त रूपमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा राजदूत शर्मालाई सम्मान पनि गरिएको हो l 

नेपालमा सङ्घीयता को सन्दर्भ मा वित्तीय व्यवस्थापन बिषयक गोष्टिमा पूर्व राजदूत शर्माले प्रस्तुति गरेका थिए l उनले संविधान लेखन ,देशको आर्थिक अवस्था ,परियोजना ,स्थानीय निर्वाचन ,सरकार को नीति ,स्थानीय निकाय आदि अन्य विषयमा तथ्याङ्क तथा बुदा सहित प्रस्तुति गरेका थिए l राजदूत शर्माले आफू हुँदा गरेका कामका बारेमा पनि चर्चा गरेका थिए l 

पूर्व राजदूत शर्मासँग उपस्थित सहभागीले जिज्ञासा राखेका थिए भने डा शर्माले जिज्ञासाको उत्तर दिएका थिए l मई २१ तारिखका दिन भर्जिनियाको नोवा सामुदायिक कलेज (महा विद्यालय )मा कार्यक्रमको आयोजना गरिएको थियो l राजदूत शर्माको साथमा जीवन सङ्गिनी कल्पना शर्मा तथा छोरी समेतको उपस्थिति रहेको थियो l 

कार्यक्रममा आयोजकको तर्फबाट गोपाल रेग्मी ,सुमन तिम्सिना तथा पदम रेग्मीले कार्यक्रम तथा राजदूत शर्माको बारेमा चर्चा गरेका थिए l अमेरिका नेपाल सहयोगी समाजका सभापति कमला खरेलले आफ्नो संस्थाले सामुदायिक भवन बनाउन गरेको योजनालाई सबैको सहयोगको अपेक्षा गर्दै राजदूत शर्माले समय दिनु भएकोमा राजदूत लगायत सबैलाई धन्यवाद दिएकी थिइन् l

प्रतिक्रिया