अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

टेक्सासमा गायक फिरोज स्याङ्गदनको विशेष प्रस्तुति

बिआरटीनेपाल २०७४ जेठ ६ गते ८:११ मा प्रकाशित

चर्चित गायक फिरोज स्याङ्गदनको अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हुने साङ्गीतिक कार्यक्रममा आउने भएका छन् l जुलाई १ तारिखमा उनले नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा प्रस्तुति गर्ने छन् l

तीन दिन सम्म चल्ने उक्त कार्यक्रममा अन्य कलाकारहरूको प्रस्तुति समेत हुने छ l फिरोजलाई साथ दिन दबला बादक राजेन्द्रकर्ण तथा गितारमा प्रज्वल बज्राचार्य बज्र चार्य रहने छन् l फिरोज हाल न्यु योर्कमा सङ्गीत प्रेमीहरुलाई सङ्गीत पनि सिकाउछन l उनका प्रसिद्ध गीतहरू गुरासै फुल्यो ,परेलीमा ,जति माया तथा सम्झी बस्छु जस्ता गीतहरू छन् l

गत वर्ष उनले एकल गीतियात्रा (एल्बम )जिन्दगी असल छ निकालेका थिए l नेप्लीज अमेरिकन कन्भेन्सन का बजारीकरण अधिकृत प्याट्रिक सुबेदी भन्छन् गत वर्ष फिरोजले लस एन्जेलसमा भएको कार्यक्रममा तहल्का मचाएको बताए l उक्त कार्यक्रमको लागि छिट्टै टिकट खुला गरिने छ

सम्मेलनको लागि हालसम्म ८ वटा खेलकुद टोलीले सहभागी गर्ने भएको छ । नेप्लीज अमेरिकन सम्मेलनमा खेलकुद, मनोरंजन, विविध मञ्च, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम समेत रहने छ l

प्रतिक्रिया