अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०७ | Colorodo: 22:22

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पा नियुक्त

बिआरटीनेपाल २०७४ जेठ ४ गते ५:४१ मा प्रकाशित

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पा नियुक्त भएकी छन् । मन्त्रिपरिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम शेर्पालार्इ राजदूत नियुक्त गरेकी हुन् ।

यसअघि केपी शर्मा ओली सरकारको पालामा पनि शेर्पाको नाम राजदूतका लागि सिफारिश गरिएको थियो । तर, सरकार परिवर्तनसँगै शेर्पासहित १४ प्रस्तावित राजदूतको नाम फिर्ता भएको थियो ।

प्रध्यापक श्यामसुन्दर शेर्पा र कामु शेर्पाको जेष्ठी सुपुत्रीको रुपमा ४ दशक अगाडि जन्मिएकी लक्की शेर्पा बिद्यार्थी जीवनदेखि नै राजनैतिक क्षेत्रमा छिन् । पहिलो संबिधानसभामा एमालेबाट संबिधानसभाको सभासद बनेकी शेर्पा एमाले छाडेर एमाओबादीमा प्रवेश गरेकी थिइन् ।

अंग्रेजी भाषामा दख्खलता भएकी शेर्पा  सन १९९९ मा बाणिज्य शास्त्रमा स्नातक र २००१ मा अर्थशास्त्रमा स्नातकोतर (एम.ए.) तहमा सर्बोकृष्ट अंक ल्याएर क्याम्पस प्रथम भएकी थिइन् । लक्की शेर्पा न्याय र समानता, मानवअधिकार, समावेशी लोकतन्त्र, विधिको शासनजस्ता अधिकारमुखी बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुमा सल्लाहकारको रुपमा सक्रिय छिन् ।

लन्डनस्थित अन्तराष्ट्रिय पार्लियामेन्टहरुको साझा संस्था ग्लोब ईन्टरनेसनलको कार्यकारी सदस्यको रुपमा पनि काम गरी सकेकी छिन्। जुन संस्थाले बातावरण र जलबायु परिवर्तनको कारण उच्च जोखिममा रहेका मुलुकका बारेमा कार्य गर्दछ ।

शेर्पा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा कार्य गरे बापत बिभिन्न सम्मान पुरस्कार प्राप्त गर्ने शिलशिलामा २०७२ मा नेपाल शेर्पा पत्रकार संघ र पिके मिडिया ग्रुपबाट शेर्पा बर्ष राजनीतिज्ञबाट अभिनन्धित भएकी थिइन् भने मेड्रे नामक अन्तराष्ट्रिय संस्था, संयुक्त राज्य अमेरिकाबाट २००७ मा “महिला मानब अधिकार सम्मान”, त्यसैगरी दक्षिण कोरियाबाट “युवा राजदुत सम्मान २००७” प्राप्त गरिसकेकी छन् ।

डार्बिन अस्ट्रेलियाबाट अन्तराष्ट्रिय कुटनिती सम्बन्धी उच्चस्तरको तालिम लिएकी उनले २००६ मा अमेरिकाको कनेटिकेट स्थित युनिभर्सिटी अफ केनेटिकेटमा गेस्ट लेक्चरको रुपमा अध्यापन गरेकी थिइन् । त्यसैगरी हवार्ड युनिभर्सिटी र अमेरिकन दुतावासको संयुक्त आयोजनामा उच्च स्तरिय राजनैतिकज्ञहरुको कार्यक्रममा हावार्ड युनिभर्सिटीको कार्यक्रममा २०१० मा भाग लिएकी थिइन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू