अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

अन्तर्राष्ट्रिय कराते खेलाडी उज्ज्वल ठकुरि वर्ल्ड च्याम्पियनशिप बेल्ट प्राप्त (भिडियो सहित)

बिआरटीनेपाल २०७४ वैशाख ३० गते १६:५१ मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, नर्थ क्यालोरिना
अन्तर्राष्ट्रिय कराते खेलाडी उज्ज्वल ठकुरिले कुरो बुशि वर्ल्ड मार्शल आर्ट च्याम्पियनशिपमा विशेष डेमोन्स्ट्रेसन् प्रदर्सन् गरी वर्ल्ड च्याम्पियनशिप बेल्ट प्राप्त गरे ।

अमेरिकाको नर्थ क्यालोरिना राज्यमा शनिवार सम्पन्न कुरो बुशि मार्सल आर्ट र अन्तर्राष्ट्रिय किक् बक्सिङ् वर्ल्ड मार्शल आर्ट च्याम्पियनशिपमा उनले पहिलो प्रस्तुतिमा ४० पाउण्ड तौल दातले उठाएर जिउमा ४० पाउण्ड तौल बाधेर हातमा काँचो अण्डा बोकेर २ खुट्टा पुरै फांग गरी अण्डा नफुटाइ ३ वोटा काठको बोर्ड फुटाएका थिए । 

दोस्रो प्रस्तुतिमा ४० पाउण्ड दातले उचालेर हातमा काँचो अण्डा बोकेर १० वोटा काठको बोर्ड २ खुट्टा पुरै फांग गरी फुटाएका थिए ।

तेस्रो प्रस्तूतिमामा उनले दात र शरीरमा गरी १४० पाउन्ड तौल उचालेका थिए भने चौथो प्रस्तुतिमा उनले २ खुट्टा पुरै फांग गरी आफ्नो दातले १०० पाउण्ड उचालेर उपस्थित सबैलाई चकित पारीदिएका थिए ।

करिब् १० मिनेटको उज्ज्वलको डेमोन्स्ट्रेसनमा विभिन्न राज्यबाट आएका खेलाडिहरुले ताली बजाउदै उज्ज्वललाई हऊ स्याएका थिए ।  आफ्ना सबै डेमोन्स्ट्रेसन् प्रस्तुत गरिसकेपछी उज्ज्वललाई कुरो बुशि मार्शल आर्ट सङ्गठनका संस्थापक अध्यक्ष ग्रान्ड मास्टर एर्नेस्ट दुकेसले वर्ल्ड च्याम्पियनशिप बेल्ट र सम्मान पत्र प्रदान गरेका थिए । 

यस अघि उज्ज्वल भर्जिनियामा कङ्रेशम्यानबाट पनि सम्मानित भएका थिए । उनले हाल सम्म अमेरिकाको विभिन्न स्टेटमा मार्शल आर्ट खेल तथा डेमोन्स्ट्रेसन् प्रदर्सन् गरी १५ गोल्ड मेडल, वर्ल्ड टाइटल् बेल्ट, प्रमाणपत्र तथा थुप्रै ट्रफिहरु जितिसकेका छन् ।

उनी काठमाडौँ निवासी हुन विगत १५ वर्ष देखी अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका छन् ।  यसको बिआरटी नेपालले प्रत्यक्ष प्रसारण गरेको थियो ।

भिडियो:

प्रतिक्रिया