अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२५ | Colorodo: 16:40

लस् एन्जलसमा बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७४ वैशाख २८ गते १५:२० मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, लस् एन्जलस।
लस एन्जलसमा बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न भएको छ । बुद्धिस्ट सोसाईटी अफ क्यालिफोर्निया र श्री पशुपति नाथ फाउण्डेसनको संयुक्त आयोजनामा मनाईएको २५६१ औँ बुद्ध जयन्ती लस् एन्जलस स्थित श्री पशुपतिनाथ मन्दिर र बुद्ध स्तुपाको आफ्नै सभा कक्षामा सम्पन्न भएको छ । 

लस् एन्जलस बासीहरुका अतिनै मान्य र प्रिय व्यक्ति तथा वरिष्ठ समाजसेवी वेद भक्त जोशीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमलाई लस् एनजलसका लागि नेपालका पर्यटन दुत रामेश्वर भण्डारीले सञ्चालन गरेका थिए । जसले गर्दा कार्यक्रमको गहनता अझ बढेको महसुस गरिएको थियो ।

बुद्धिस्ट सोसाईटी अफ क्यालिफोर्नियाका अध्यक्ष तथा स्थानीय व्यापारी रामा लामाको सभापतित्वमा सञ्चालित कार्यक्रममा भारत, बङ्गलादेश, कम्बोडिया आदी देशका भिक्षुहरुको उपस्थिति रहेको थियो । लङ्गबिचको बुद्ध बिहारका प्रमुखको समेत उपस्थितिले कार्यक्रम अझ बढी गहकिलो भएको थियो । 

श्री पशुपति नाथ फाउण्डेसनका अध्यक्ष तथा आर्टेसियाका सिटी प्लानिङ्ग कमिसनर भक्त थापाको स्वागत मन्तव्यबाट सुरु गरिएको उक्त कार्यक्रमा समाजका अतिनै प्रतिष्ठित ब्यक्तीत्वहरु इन्जिनियर कन्हैयालाल कायस्त, नेपाल टेलिभिजन तथा रेडियो नेपालका पूर्व धार्मिक प्रस्तोता पुरुस्वोत्तम सापकोटा, नेपाल च्याम्बर अफ कमर्सका लस् एन्जलस प्रतिनिधि एकराज पाण्डे, तिर्थ फाउण्डेसनकी अध्यक्ष तथा महिला नेत्री उमा कार्की थापा, गीतकार तथा बुद्ध वाज बर्न इन नेपालका अभियन्ता प्रेम गुरागाईं आदिको गौरबमय उपस्थिति रहेको थियो । 

लस् एन्जलस वरपरका विभिन्न सङ्घ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू ए एन एस्का अध्यक्ष चिरन्जिबी गौतम, तमाङ्ग सोसाईटी अफ लस एन्जलसका अध्यक्ष टेक लामा, जन सम्पर्क समितिका उपाध्यक्ष रेख उप्रेती, नेवा समाजका अध्यक्ष दिर्गा लाल श्रेष्ठ, एन आर एन यु एस् ए क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष राम बाबु पाण्डे, अनेसासकी उपाध्यक्ष शुशिला पाण्डे आदिको उपस्थिति रहेको थियो ।

बुद्ध भगवान् सम्बन्धी आस्था र विश्वास राख्ने स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थितिले कार्यकम हल खचाखच् भरिएको थियो । जहाँ पत्रकार उपेन्द्र सापकोटा र सुरेन्द्र सापकोटा पनि थिए ।

नेपालको चितवनमा बुद्ध भगवानको गुम्बा बनाउने अभियानमा सक्रिय महिला कमली गुरुङ्गको समेत सहभागिता रहेको थियो । गुरुङ्गले नेपालको चिनोको रूपमा उपस्थित भिक्षुहरुलाई खादा लगाईदिएकी थिइन ।  

“आफूले आफूलाई पहिचान गर्न सक्नु” नै भगवान् बुद्धको प्रमुख आदर्श हो भन्ने चर्चाबाट भिक्षु डा. करुनाबाट सुरु गरिएको मन्तव्यको क्रममा धर्मबिध पुरुश्वत्तम सापकोटा, जय बारु बुद्ध धर्म सम्बन्धी प्रकाश परेका थिए भने बाल प्रवक्ता प्रतीक लामिछानेले पनि बुद्ध भगवान् सम्बन्धी बोलेका थिए ।

कार्यक्रममा पुरुश्वत्तम सापकोटा र उहाकी धर्मपत्नीबाट प्रस्तुत बुद्ध सम्बन्धी भजनले उपस्थित सबैलाई आनन्दित बनाएको थियो ।

अन्तमा,नेपाली समुदायमा बुद्ध धर्म मङ्गोलियन तथा मतवालीहरुको लागि मात्रा हो भन्ने धारणा यदा कडा सुन्नमा आउने गरेको छ । यस्तो भ्रममा नपर्न सबैमा आग्रह गर्दै भगवान् बुद्ध कुनै जाती, समुदाय र क्षेत्र को नभएकोले बुद्ध भगवानका आदर्शलाई मन पराउने हर कोहीलाई यो बुद्धिस्ट समुदायले सदैव स्वागत गर्दछ । समस्त सहभागीहरुलाई उक्त कार्यक्रमको लागि समय दिनु भएकोमा धन्यवाद ग्यापन गर्दै कार्यक्रमका सभापति रामा लामाले कार्यक्रम समापन भएको घोषणा गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू