अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

लस एन्जेलसमा २५६१ औं बुद्ध जयन्ति मनाइयो

बिआरटीनेपाल २०७४ वैशाख २८ गते ९:१५ मा प्रकाशित

अमेरिका स्थित  साउदर्न क्यालिफोर्नियामा रहेका नेपालीहरुले २५६१ औ बुद्ध जयन्ति मनाएका छन् । श्रीपशुपतिनाथ फाउनडेशन तथा बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्नियाको आयोजनामा श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा बाक्लो संख्यामा उपस्थित नेपालीहरुले २५६१ औ बुद्ध जयन्ति मनाएका हुन् ।

कार्यक्रममा रेडियो नेपालमा लामो समय धार्मिक कार्यक्रम सञ्चालन गरेका पुरुषोत्तम सापकोटाले बुद्ध सम्बन्धी भजन गाएर सुनाएका थिए भने बुद्धका उपदेश र मार्गदर्शनमाथी  समेत प्रकाश पारिएको थियो ।
बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष राम लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा आर्टेसिया सिटिका प्लानिंग कमिस्नर भक्त थापा, नेपाली जानसम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरका उपसभापति रेख उप्रेती, नेवा: अर्गनाइजेसन साउदर्न क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दुर्गा श्रेष्ठ, एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डे तथा एएनएस क्यालिफोर्नियाका अध्यक्ष चिरन्जीवी गौतम लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू