अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

अर्चना पनेरुलाई सन्नी लियोन जस्तै सम्मानित बनाउन खोजें, म बेवकुफ हुँ-निर्देशक गिरी(भिडियो)

बिआरटीनेपाल २०७४ वैशाख २८ गते ३:३४ मा प्रकाशित
राजु गिरी सामान्यत रोमान्टिक चलचित्र निर्देशन गर्छन् । उनका हरेक चलचित्र ग्ल्यामरका कारण चर्चा र विवादमा आइरहेका हुन्छन् । राजुका बिन्दास लाइफ र शिवम चलचित्र प्रर्दशनको पर्खाइमा छन् । बिन्दासमा सुष्मा कार्कीलाई ग्ल्यामर रुपमा प्रस्तुत गरेका राजुले बिन्दास २ मा शुभेच्छा थापालाई प्रस्तुत गरेका थिए ।

यस्तै बिन्दास लाइफमा भने उनले नयाँ नायिका सपना लामिछानेलाई प्रस्तुत गर्दैछन् । त्यसो त राजु निकै विवादमा पनि आइरहन्छन् । चलचित्र जीस्म निर्माणका क्रममा उनको चर्चा र विवाद निकै बढेको थियो । त्यहि विषयलाई लिएर उनले २५ दिनको छायाँकन आफुलाई २५ वर्ष झैँ लागेको प्रतिक्रिया दिएका छन् । सन्नी लियोनजस्तै बन्छु भन्दै चर्चामा आएकी अर्चना पनेरुलाई लिएर चलचित्र निर्माण गर्न तम्सीका उनले थुप्रै हण्डर खाए । चलचित्रले खासै राम्रो व्यापार गर्न सकेन ।

अर्चना पनेरुले जीस्म प्रर्दशन आउनु अगाडि नै छेस्कोमा अभिनय गरेपछि उनी आक्रोशित भएका थिए । उनको अक्रोश अहिलेसम्म पनि मरेको छैन । उनले हामीसँगको अन्र्तवार्तामा अर्चनालाई सन्नी लियोन जस्तै चलचित्र क्षेत्रमा सम्मानित नायिका बनाउन खोजेको तर उनलाई त्यो नपचेको अभिव्यक्ति दिएका छन् । अर्चनालाई बेवकुफको संज्ञा दिँदै उनले अहिले रेष्टुरेन्टमा धन्दा गरेर बस्नु परेको बताएका छन् ।

प्रतिक्रिया