अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

गौतम बुद्ध र गोरखनाथको सम्झनामा श्रीनिवाशचार्य स्वामीद्वारा गुम्वा र मन्दिर दर्शन

बिआरटीनेपाल २०७४ वैशाख २७ गते ११:३४ मा प्रकाशित

आज बैसाख शुक्ल पूणिमा । आजको दिनलाई २ मुख्य कारणले पनि श्रद्धाको रुपमा हेरिन्छ । आजकै दिन शान्तिका मार्गदर्शी भगवान गौतम बुद्धको जन्म भएको थियो भने यसै दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका गुरु गोरखनाथ जसले बिभिन्न ४ ठाउँमा प्रकट भै ज्ञानको बिस्तार गरे, तिनै गोरखनाथको पशुपति स्थित मृगस्थलीमा प्रकट भएका थिए । त्यसैले पनि आजको दिनलाई हिन्दु र बौद्ध धर्मालम्विहरुले महत्वका साथ हेर्ने गरेको पाईन्छ ।

यसै सन्धर्वमा आज धर्म जागरण महाअभियानले पनि बिषेश कार्यक्रमका सहित बुद्ध जयन्ती मनाउनुका साथै र गोरख प्रकट दिनको सम्झना गरेको छ ।

नेपालमा हिन्दु राष्ट्र अपरिहार्य रहेको भन्दै महत्वपूर्ण कामहरु गर्दै आएको धर्म जागरण महाअभियानका श्रीनिवाशचार्य स्वामी ले आज चितवन स्थित गणेश चोक गुम्वा र गैणाकोटका मन्दिरहरुको दर्शन गरेका छन् ।

हिन्दु धर्मका अभियन्ता श्रीनिवाशचार्य स्वामीले गुम्वाको पनि दर्शन गरेको दृश्य आफैंमा खाष देखिन्थ्यो । उनको गुम्वा दर्शनलाई मान्छेहरुले प्रशंशा गर्दै एक धर्मका अनुयायीले अर्को धर्मको कदर गर्नुपर्ने कुराको शिक्षा प्राप्तीको रुपमा हेरेका छन् ।

नेपालको लुम्बिनीमा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका सिद्धार्थ गौतमले छ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्ति गरेपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि कमाए । बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन् ।

आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् । भने पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका ताराका रुपमा सम्मान गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू