अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 11:10

‘चपलीहाइट’ अभिनेता राज घिमिरको चुनावी चटारो, भोट माग्न स्थानियको घरदैलोमा

बिआरटीनेपाल २०७४ वैशाख २५ गते ४:१२ मा प्रकाशित

चलचित्र ‘चपली हाइट’ अभिनेता राज घिमिरेको दैनिकी केही दिनयता फेरिएको छ । छिमेकी तथा वरपरका स्थानिय बासिन्दाको घरदैलो गर्दैमा उनको अचेल दिन बित्ने गरेको छ । स्थानीय तहमा हुन गइरहेको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट गोदावरी नगरपालीका वडा नं ३ को अध्यक्ष उमेदवार बनेका उनी सो पदमा बिजय हासिल गर्न छिमेकी तथा वरपरका स्थानिय बासिन्दाको घर दैलोमा पुगेका हुन् ।

अभिनयबाट चर्चा र सफलता दुबै पाउन सफल घिमिरेले अहिले अभिनयलाई थाती राख्दै राजनीतिमा होमिएका हुन् । उनी अहिले करिब सयौ कार्यकर्ताले घेरिएर घर घरमा भोट माग्ने कार्यक्रममा जुटेका छन् ।

स्वास्थ्य, शिक्षा, रोजगारी र विकास नै स्थानीय तहको मुल एजेण्डा भन्ने नार घन्काउदै उनी स्थानियको घरदौलोमा पुग्ने गरेका छन् । स्थानिय तहमा हुने भ्रष्टचारको बिरुद्द लड्दै आएका घिमिरेलाई प्रतिद्धोन्दी दलका प्रतिनिधिकबो पनि सहयोग रहने गरेको छ ।

गोदावरीमा लाग्ने ‘१२ वर्षे मेला’ देखि भूकम्प पिडितलाई राहत वितरण, अस्थायी आवासको ब्यवस्था लगायत थुप्रै समाज सेवाको काममा समर्पित उनी बिकाश प्रेमी ब्यक्तित्वको रुपमा समेत चिनिएका छन् ।

उनले वडा अध्यक्षमा आफु विजयी भएपछि पाउने मासिक तलब र सुविधाको रकम नगरका विपन्न, दलित तथा जेहेन्दार विद्यार्थीहरुको अध्यायनका लागि लगाउने घोषणा समेत गरेका घिमिरेले आफ्नो बिजय निस्चित भएको बताए । ‘स्थानियको घरदैलोमा गएर सुख दुःख साटिरहेको छु ’ घिमिरेले भने ‘सबैको म प्रति बिस्वास देखिएको छ ।’ पछि काम गर्न सजिलो होस् भनेर स्थानियको घरमा पुग्दा भोटको अलवा समस्या र आफुले गर्नु कामको पनि टिपोट गर्ने गरेको घिमिरेले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू