अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

राष्ट्रिय मानव अधिकार आयोगद्वारा दुवईबाट फिर्ता भएका ४४ महिलाको अवस्थाबारे अनुगमन (विज्ञप्ती)

बिआरटीनेपाल २०७४ वैशाख २२ गते ५:२८ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीले दुवईबाट फिर्ता भएका ४४ जना महिलाको अवस्थाबारे अनुगमन गरेको छ । आयागले अध्यागमन विभागसँग घटनाको बारेमा जानकारी लिनुका साथै उद्धार पछि नेपाल आईपुगेका ४४ जना महिलाहरुसंग शुक्रवार भेटेर उनीहरुको अवस्थाबारे सोधपुछ एवं जानकारी लिएको हो ।

आयोगले यो घटनाका सम्बन्धमा शुक्रबार एक प्रेश विज्ञप्ती जारी गर्दै घटनाको सम्बन्धमा आयोगले अनुगमन तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारि गराएको छ ।

जारी बिज्ञप्तीमा भनिएको छ, -‘वैदेशिक रोजगारीमा जानेहरूले विभिन्न कारण भोग्दै आएका समस्याहरूमा संवेदनशील भई तत्काल सम्बोधन गर्न आयोग नेपाल सरकार, वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगारमा पठाउने नीजि क्षेत्रहरुलाई आग्रह गर्दछ ।’

वैदेशिक रोजगारीका लागि कुवेत जान हिंडेका ४४ जना महिलाहरू भारतको बाटो हुँदै दुवई पुगेका थिए । दुवई अध्यागमनले कुवेत जाने अनुमति नदिंदा अलपत्र परेका ति महिलाहरुलाई वैशाख २१ बिहिवार सकूशल उद्धार गरिएको थियो ।

 

प्रेश विज्ञप्ती

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू