अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

राष्ट्रिय मानव अधिकार आयोगद्वारा उम्मेदवारी मनोनयन दर्ताको अनुगमन (विज्ञप्ती)

बिआरटीनेपाल २०७४ वैशाख २१ गते ५:५९ मा प्रकाशित

स्थानीय तह निर्वाचनको उमेद्वारी मनोनयन दर्तालाई राष्ट्रिय मानव अधिकार आयोगले गनुगमन गरेको छ । आगामी बैशाख ३१ गते सम्पन्न हुने भनिएको स्थानीय तह निर्वाचनमा देशका ७४४ वटा स्थानीय तह मध्ये पहिलो चरणमा तीन प्रदेशका, ३४ जिल्लाका, २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न शुरु भएको मनोनयन दर्ता प्रकृयाको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको हो ।

आयोगले बुधबार एक प्रेश बिज्ञप्ती जारी गर्दै अनुगमनको क्रममा विभिन्न राजनीतिक दलहरुले उत्साहका साथ -याली, परम्परागत सांस्कृतिक बाजागाजा, नाचगान सहित उमेदवारी मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयहरूमा उपस्थित भएको पाइएको बताएको छ ।

सुरक्षाको अवस्था सन्तोषजनक रहेको र राजनीतिक दलहरूले शान्तिपुर्ण रुपमा मनोनयन दर्ता गराएको जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू