अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

नेताहरु चुनावी दौडधुपमा: पूर्व युवराज पारस बनभोजमा जनतासंग आत्मियता साट्दै

बिआरटीनेपाल २०७४ वैशाख २१ गते ४:५१ मा प्रकाशित

नेताहरु चुनावि दौडधुपमा लागिरहेको बेला पूर्व युवराज पारस शाह भने  बुधबार ललितपुरको लाँकुरीभञ्ज्यागं पुगेर पिकनिक मनाएका छन् । राष्ट्रियताका मुद्धाहरुमा आवाज उठाउँदै आएको संस्था राष्ट्रिय सरोकार मन्चले नव बर्ष २०७४ को शुभकामना आदान प्रदानका लागि आयोजना गरेको बनभोजमा सहभागी हुन पूर्व युवराज पारस लाँकुरीभञ्ज्यागं पुगेका हुन् ।     

बनभोजको बारेमा पारस निकट ब्यक्ती र राजसंस्था प्रति आस्था राख्ने कलाकार तथा लेखक र बौद्धिक ब्यक्तीहरुलाई मात्र जानकारी दिईएको भएपनि उनि लाँकुरीभञ्ज्यागं जाने कुरा थाहा पाएका सर्वसाधारण समेत उनलाई भेट्न बनभोज कार्यक्रममा पुगेका थिए । करिव ४ घण्टा बनभोज स्थलमा बिताएका पारसलाई भेट्न स्थानियहरु समेत जम्मा हुँदा माहौल खचाखच बनेको थियो ।

कार्यक्रममा गायक योगेश्वर अमात्य, जेम्स प्रधान, लेखक डा. शास्त्रदत्त पन्त, सुदुरपश्चिम पर्यटन अभियन्ता किशोर खड्का, पूर्व कर्नेल नवल शाह, पासरका मित्र  ब्याघ्रवेदनाथ (प्रवनजंग सिंह ) लगायत पूर्व जर्नेल, कानुनबिद्, राष्टभक्त युवाहरु तथा पारसका स्कुले जीवनका सहपाठीहरु समेतको बाक्लो उपस्थिती रहेको थियो । सञ्चार माध्यमलाई समेत जानकारी नगराईएको भएपनि बनभोज कार्यक्रमबारे सुचना पाएका सञ्चारकर्मीहरु कार्यक्रममा पुगेका थिए । 

लामो समय कार्यक्रम स्थलमा रहेका पारस उपस्थित सबैसंग खुलेरै बोलेका थिए । साधारण मान्छे जसरी नै पारस घुलमिल भएपछि सबैले उनिसंग फोटो खिचाएका थिए भने आ आफ्ना मनमा लागेका कुराहरु पनि उनिसंग सोध्ने मौका दिईएको थियो । सबैजना संग साथी जसरी प्रस्तुत भएका पारसले उनिहरुका प्रश्नहरु र समस्या सुनेर आत्मियतापूर्वक जवाफ दिएका थिए । सबैले चासो राखेको राजसंस्था र देशको पछिल्लो राजनितिक अवस्थाबारे उनले बोल्न नचाहेपनि देशको स्वास्थ्य, शिक्षा लगायतका बिकाश निर्माण र रचनात्कम कामका बारेमा भने उनले आफ्ना बिचारहरु साटेका थिए ।

मन्चका अध्यक्ष सोम बिक्रम सिंहका अनुसार ‘राष्ट्रिय सरोकार मन्च’ अबका दिनमा पूर्ब युबराजलाई थप रचनात्मक कार्य र गतिबिधिमा संलग्न गराउँदै लैजाने योजनामा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू