अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४४ | Colorodo: 14:59

नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव प्रकाश, दिनेश कार्की र मनोज अधिकारीलाई

बिआरटीनेपाल २०७४ वैशाख २० गते १०:१० मा प्रकाशित

अमेरिका, विश्व स्वतन्त्रता दिवसको अवसर पारेर यस वर्ष देखि प्रदान गरिन लागेको नेजा सामुदायिक पत्रकारिता पुरस्कार लेखक शिव प्रकाश र पत्रकारद्वय दिनेश कार्की तथा मनोज अधिकारीलाई सम्युक्त रूपमा प्रदान गरिने भएको छ । नेजाका वर्तमान उपाध्यक्ष एवं नेजाको एघारौ वार्षिक साधारण सभा तयारी मूल समिति गुणराज लुइटेलद्धारा प्रकाशित प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

पुरस्कार मनोनयनका लागी नेजाले एक महिना अघि लेख रचनाहरू आव्हान गरेको थियो । लेखकशिव प्रकाश सहित पत्रकार मनोज अधिकारी र दिनेश कार्कीद्वारा लिखित “अमेरिकामा नेपालीले धमाधम बिमा रद्द गर्दै” शीर्षकको खोजमूलक सामाग्रीलाई पुरस्कृत गर्ने निर्णय गरिएको कुराकाे विज्ञप्तिमा उल्लेख गरिएको छ । सेतोपाटिमा प्रकाशित उक्त सामाग्रीलाई पुरस्कार छनौट समितिले उत्कृष्ठ ठहराई पुरस्कारका लागि सिफािरस गरेको थियो ।
पुरस्कृत लेखक र पत्रकार अमेरिकाको वोष्टन क्षेत्रमा रही स्वतन्त्र र निर्भिकतापूर्वक लेखन तथा पत्रकारिता गरिरहनु भएको छ ।

यस्तै उपाध्यक्ष लुईटेलद्वारा प्रकाशित विज्ञप्तिमा पुरस्कारले पत्रकारहरुलाई थप निर्भीक, स्वतन्त्र, जिम्मेवार र प्रभावकारी बनाउन प्रोत्साहित बनाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू