अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३८ | Colorodo: 17:53

एनआरएन अमेरिकामा मेरो उम्मेद्धारी सेवा र सामाजिक एकताका लागी – गौरी जोशी

बिआरटीनेपाल २०७४ वैशाख १९ गते ११:५३ मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, अमेरिका ।
गौरी जोशी नेपालको चितवन टाडिमा जन्मिएर अमेरिकाको डालासलाई कर्मथलो बनाएका जोशी एन आर एनको आउँदै गरेको चुनावका चर्चित व्यक्ति हुन । सुरुमा अमेरिकाको सान फान्सीस्को निवासी जोशी पछि कामको सिलसिलामा टेक्सासको डालासमा बसेका थिए । हाल उनी आइ टि सम्बन्धित व्यापारमा छन् ।

गौरीले आफ्नो दश जोड दुई चितवनवाटै पूरा गरेका थिए । उनले काठमाडौको शंकरदेव कलेजबाट वि.वि. एस र मास्टर्स गरेका थिए । पछि उनी अमेरिका विद्यार्थी भिसामा छिरेका थिए । उनले यहाँ पढाइ सके पश्चात् आइ. टि. सम्बन्धी व्यवसायमा हात हालेका थिए । उनले यो व्यवसाय गरेका लगभग १२ वर्ष नाघिसकेको छ । आइ. टि. सम्बन्धी काम उनले सान फान्सिस्कोबाटै सुरु गरेका हुन । हाल उनी डालास वरिपरि रियल स्टेट व्यवसायमा पनि संम्लग्न छन् ।

विद्यार्थी जीवनमा निकै मिहनेत गरेका र सङ्घर्ष गरेका जोशीले आइ.टि.व्यवसाय बिस्तारै सफल भए पश्चात् समाजसेवामा पनि हात हालेका हुन । समाज सेवामा हात हाल्दा हाल्दै उनी नेपाली समाज टेक्सासका अध्यक्ष भएका हुन । उनीे अध्यक्ष भएको समयमा सुरु भएको डालासमा हिन्दु मन्दिर बनाउने अभियानले हाल मूर्तरुप लिइसकेको छ । हाल उनी उक्त मन्दिरको संरक्षक बाहेक विभिन्न सामाजिक र शैक्षिक क्षेत्रमा गरी करिब दर्जन भन्दा बढी सङ्घ संस्थासँग आबद्ध रही विभिन्न क्षेत्रमा सहयोग गर्न सक्रिय छन् ।

जोशीको पारिवारिक सामाजिक संस्था पनि छ । उनको आमा फाउण्डेसन नामको संस्थाले पनि विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दे आइरहेको छ । यसै वर्षदेखि सुरु हुने ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’ मा पनि गौरीले नै सहयोग गरेका छन् । नेपाल आमालाई आमा सम्झिएर स्थापना गरिएको उक्त फाउण्डेसनले विभिन्न क्षेत्रमा मद्धत गर्न हात वढाइरहेको छ । यो उनको पारिवारिक संस्थाले मूलत स्कुलका बालबालिका र महिलाहरूको लागी काम गरेको छ । त्यस बाहेक स्वास्थ क्षेत्रमा पनि लगानी गरेको छ । त्यस्तै चितवनको चेपाङ्ग केन्द्रलाई सहयोग, भूकम्पले भत्काएको गोरखाको स्कुल मर्मत सम्भार र भूकम्पबाट पीडित गरिब असहाय व्यक्तिहरूलाई सिरक र डस्ना वितरण कार्यक्रम पनि सञ्चालन गरेको थियो । हाल बन्दै गरेको देवघाटको वृद्धाआश्रम निर्माणमा पनि उनको सहयोग रहेका छ ।

हाल अमेरिकामा गौरी जोशी नयाँ नाम हैन । उनलाई व्यवसायी भन्दा पनि समाजसेवीका नाममा धेरैले चिन्छन । उनी दर्जन भन्दा बढी सङ्घ संस्थासँग आबद्ध छन् । यसैले पनि उनले एन आर एनको अध्यक्षमा दावा गर्दा यसलाई स्वभाविक रूपमा लिने जमात अमेरिकामा धेरै छ ।  गौरी जोशी अमेरिकाको एन आर एन विश्वका अरू एन आर एन भन्दा धेरै सशक्त रहेको मान्छन । उनी एन आर एन अमेरिकाको एनआरएनलाई अझ सशक्त बनाउन पनि लागी परेका छन् । हाल एनआरएन आइसीसिले उठाएको दोहोरो नागरिकता सम्बन्धी मुद्धालाई दरो सर्मथन गर्न पर्ने उनी वताउँछन ।

आफ्नो एन आर एन अमेरिकामा उम्मेद्धारी सेवा र सामाजिक एकताका लागी भएको वताउँछन । एन आर एन उम्मेद्धारीका नाममा हाल समुदायका मानिसहरू फुटेकोमा उनको चित्त दुखाई छ र सकेसम्म एकजुट बनाउन आफू लागी पर्ने उनको योजना छ । अमेरिकामा जति पनि नेपाली सङ्घ संस्थाहरू छन् ती भनेको नेपाली हक हितका लागी नै खोलिएका हुन । यसैले एन आर एन अविभावक को रूपमा अगाडि सबै नेपाली सामु आउन पर्ने उनको योजना छ । विशेषत नेपालबाट उच्च शिक्षा आर्जन आएका विद्यार्थीहरूको लागी हेल्प डेस्क स्थापना गर्न पर्ने कुरा उनले उठाएका छन् ।

प्रतिक्रिया