अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

अमेरिका नेपाल सहयोगी समाजको अध्यक्षमा कमला खरेल निर्वाचित (भिडियो सहित )

बिआरटीनेपाल २०७४ वैशाख १७ गते २१:४५ मा प्रकाशित

विजय थापा ,वासिङ्टन डिसी
अप्रिल ३० ,डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस सहरमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजको अध्यक्ष पदमा कमला खरेल निर्वाचित भएकी छिन् l अप्रिल ३० तारिख बसेको साधारण सभाले नयाँ कार्यकारी समितिको चयन समेत गरेको छ l डिसी क्षेत्रको अत्यधिक क्रियाशील तथा अमेरिकामा नै सक्रिय संस्था मध्ये मै अग्र पंक्तिमा स्थापित गरेको अमेरिका नेपाल सहयोगी समाजमा खरेल तथा अन्य पदाधिकारीहरू निर्बिरोध निर्वाचित भएका हुन् l 

स्थापना काल देखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएकी कमला खरेल विभिन्न पदमा स्थापना काल देखि नै सक्रिय रहेकी छिन् भने उनले यस संस्थाले आयोजना गर्ने तीज कार्यक्रमलाई सफल बनाउन उनको ठुलो हात रहेको छ l आज सपथ लिदै म एक्लै ले मात्र केही गर्न सक्दिन सबैको सामूहिक प्रयास चाहिन्छ भन्दै संस्थाको सदस्यता बढाउने र संस्था द्वारा सञ्चालित नेपाली पाठशालालाई कसरि राम्रो गर्न सकिन्छ त्यसमा काम गर्ने बताइन् l

निर्वाचन आयुक्त संस्थाका संस्थापक अध्यक्ष सागर कंडेलले सपथ ग्रहण गराउनुको साथै निर्वाचन समितिका सदस्यहरूको परिचय गराएका थिए l कंडेलले कमला खरेलमा सम्भावना आफूले देखेको भन्दै राम्रो काम गर्ने कुरामा विश्वस्त रहेको बताए l निर्वाचित पदाधिकारीहरुले आफ्नो परिचय दिँदै मन्तव्य राखेका थिए l कार्यक्रममा डिसी क्षेत्रका प्रख्यात कविहरुले कविता वाचन समेत गरेका थिए भने साधारण सभामा महा सचिव तथा कोषाध्यक्षको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो l

भर्खर निवर्तमान अध्यक्ष भएका पदम रेग्मीले अध्यक्ष लगायत नव निर्वाचित समितिलाई बधाई दिएका थिए l रेग्मीले अगाडी मन्तव्य राख्दै आफ्नो सामुदायिक भवन बनाउने सपना भएकोले कमला खरेलको नेतृत्वले यसमा पहल गर्ने छ भने र आफू पछाडि रहने बताए l नयाँ कार्यकारी समितिले सल्लाहकार लगायत अन्य पदमा मनोनीत समेत गरेको छ l

साधारण सभामा राष्ट्रिय गीत, दोश्रा पुस्ताका बालबालिकाले नृत्य प्रस्तुत गर्नुको साथै नाचगान कार्यक्रम समेतको आयोजना गरेको थियो l निर्वाचित हुने पदाधिकारिहरुमा कमला खरेल अध्यक्ष, मुक्ता पौडेल उपाधक्ष्य, विवश अर्याल सचिव, आरती सिग्देल सहायक सचिव तथा लक्ष्मण सापकोटा कोषाध्यक्षमा निर्वाचित भएका छन् । यसै गरी कार्यकारी समितिमा रोम ज्ञवाली, विष्णु शर्मा, उमेश अधिकारी, किशोर ढुंगाना, शान्त न्यौपाने तथा मौसम श्रेष्ठ रहेका छन् l

प्रतिक्रिया