अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:११ | Colorodo: 21:26

न्यु योर्क तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नेपाली रेफ्री

बिआरटीनेपाल २०७४ वैशाख १७ गते १०:१४ मा प्रकाशित

अमेरिकाको न्युयोर्कमा भएको तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नेपालका केही रेफ्री (निर्णायक)ले निर्णायकको भूमिका निर्वाह गरेका छन् l प्रतिनिधित्व गर्नेहरुमा गर्दै नेपाल अन्तर राष्ट्रिय तेक्वान्दो महासघका पूर्व महासचिव तथा उपाध्यक्ष समेत रहेका ओमकार बुढा मगर, सुर्जन घर्ती मगर र घम बहादुर थापा रहेका छन् l

उनीहरूले गत अप्रिल २९ मा अमेरिकाको न्युयोर्कमा आयोजना भएको तेस्रो गोल्डेन वारियर युसए च्याम्पियनशिप २०१७ मा रेफ्रीको निर्वाह गरेका थिए l उक्त प्रतियोगितामा करिब ३ सय खेलाडी तथा ४० जना अफिसियलहरु सहभागी भएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासघका पूर्व अध्यक्ष तथा सयुक्त राज्य तेक्वान्दो महासघका सल्लाहकार मास्टर कृष्ण बहादुर बलाल ले जानकारी दिएका छन् l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू