अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

कवि तथा गीतकार दिनेश अधिकारीको ‘भरियाको भूगोल’ बिमोचन

बिआरटीनेपाल २०७४ वैशाख १६ गते १२:२४ मा प्रकाशित

कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ काव्य कृति भरियाको भुगोल सार्वजनिक भएको छ । लामै अन्तराल पछि आएको अधिकारीको नयाँ कृति शुक्रबार नेपालयको साँगितीक श्रृङ्खला पलेटी उत्सवमा बिमोचन गरिएको हो ।

नेपालयले प्रकाशनमा ल्याएको ‘भरियाको भुगोल ‘काव्य कृति बिमोचन समारोहमा गायक तथा संगीतकार आभाषले भरियाको भूगोलकै बिषयमा आधारित कवि अधिकारीको एउटा गीत पनि प्रस्तुत गरेका थिए भने गायिका मीना निरौला र गायक योगेन्द्रले उनका गीतहरु गाएर माहौलमा अझ रौनकता थपेका थिए ।

प्रस्तुत गरिएका गीतहरुको सन्दर्भमा अधिकारीले ति गीतहरु र गीत लेखनको पृष्टभूमिबारे आफ्ना अनुभवहरु सुनाएका थिए । साथै कवि अधिकारीले कार्यक्रमको दोस्रो चरणमा आफ्ना केहि कविताहरु प्नि प्रस्तुत गरेका थिए ।

कवि भाइ श्रवण मुकारुङलाई ‘भरियाको भूगोल’ उपहार दिएर आफैंले कृति सार्वजनिक भएको बताएका उनको कृति बिमोचनको शैली पनि फरक देखियो । कार्यक्रममा विशेषगरी साहित्य र संगीत क्षेत्रका विशिष्ठ ब्यक्तीहरुको र कवि अधिकारीका प्रशंशकहरु समेतको बाक्लो उपस्थिती रहेको थियो ।

यसअघि अधिकारीका अन्तरका छिटाहरु, धर्तिको गीत, आदीम आवाज, अतिरिक्त अभिलेख सिमान्त सपना लगायतका कविता संग्रह र ईन्द्रजात्रा काव्यकृति बजारमा आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू