अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

नेपाली जन सम्पर्क समिति अमेरिकाको प्रथम साधारण सभा सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७४ वैशाख ११ गते १०:५४ मा प्रकाशित

विजय थापा, वासिङ्टन डिसी ।
नेपाली जन सम्पर्क समिति अमेरिकाको प्रथम साधारण सभा भव्यताको साथ सम्पन्न भएको छ l कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा नेपाल सरकारका खानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाहीले गरेका थिए । कार्यक्रममा नेपालका लागि पूर्व अमेरिकन राजदूत स्कट डेलेसी, काँग्रेस म्यान तथा अन्य विदेशीहरूले शुभकामना दिएका थिए । नेपाली समुदायका सङ्घ/संस्था तथा जन सम्पर्क समितिका विभिन्न शाखाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति हुनुको साथै उनीहरूले शुभकामना मन्तव्य राखेका थिए । 

उक्त साधारण सभालाई ऐतिहासिक र भव्य रूपमा सफल बनाउन केन्द्रीय उपसभापति केशव बरालको संयोजकत्वमा ‘साधारण सभा मूल तयारी समिति’ तथा स्थानीय स्तरमा उप समिति गठन गरेको थियो । विभिन्न उप समितिमा होटेल तथा खाना व्यवस्थापन, आर्थिक एवं रजिष्ट्रेशन, यातयात व्यस्थापन, स्वागत तथा अतिथि सत्कार, मञ्च एवं हल व्यवस्थापन, सांस्कृतिक कार्यक्रम व्यवस्थापन तथा प्रचार प्रसार समिति गठन गरिएको थियो । 

उक्त एक दिवसीय उक्त सभाको लागि अमेरिकाका करिब दुई दर्जन भन्दा ज्यादा शाखाका पदाधिकारी, केन्द्रीय कार्य समितिका पदाधिकारी, सदस्यहरू, सल्लाहकार, काँग्रेस दलसँग आबद्ध रहेका सहित करिब ३ सय जनाको सहभागी रहेको छ ।

सभाको सभापतित्व सभापति आनन्द विष्टले गरेका थिए भने कार्यक्रम सञ्चालन महा सचिव मुनेन्द्र नेमांगले गरेका थिए l प्रथम सभाका लागि नेपालबाट काँग्रेसका मन्त्री तथा अन्य नेताहरूको उपस्थिति रहेको थियो । एक दिवसीय साधारण सभामा विधान संशोधन सम्बन्धी प्रस्ताव विषयमा छलफल भएको थियो l 

प्रस्तावित विधान संशोधन छलफललाई आगामी नोवेम्बर महिनामा हुने अधिवेशनले निर्णय गर्ने भएको छ l यसै गरी आगामी नोवेम्बर महिनामा नेतृत्व परिवर्तन समेत हुने छ l अमेरिकामा रहेका स्थानीय तथा नेपालका प्रख्यात कलाकारहरू द्वारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो l

यसको साथै वर्तमान अमेरिकन राजनैतिक परिवर्तन सँगै संस्थालाई कसरी अगाडी बढाउने, संस्था तथा शाखाको कार्यदिशा, मार्गदर्शन, शाखा तथा केन्द्रीय अधिवेशन तथा प्रक्रिया सम्बन्धी विषयमा व्यापक छलफल भएको थियो । 

प्रतिक्रिया