अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३५ | Colorodo: 15:50

सम्प्रेषणले इमिग्रेसनको विषयमा सामुदायिक बहस तथा अन्तरक्रियाको आयोजना गर्ने

बिआरटीनेपाल २०७४ वैशाख ९ गते १७:३० मा प्रकाशित

सम्प्रेषणले कुईन्स लाईब्रेरीसंगको सहकार्यमा आप्रवशन (इमिग्रेसन) विषयमा सामुदायिक बहस तथा अन्तरक्रियाको आयोजना गर्ने भएको छ | अप्रिल २९ शनिवार दिउसो २ बजे न्यु योर्कमा कानुनविद विनोद रोक्का र रमेश श्रेष्ठका साथ सो बहस कार्यक्रम हुँदैछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प्ले केही अध्यागमन सम्बन्धी कार्यकारी आदेश जारी गरे पश्चात् नेपाली सुमुदायमा सोले के-कस्तो असर पारेको छ भन्ने विषयमा सो छलफल केन्द्रित हुनेछ | निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा आफूलाई लागेका कानुनी जिज्ञासा राख्न सकिने आयोजक शैलेश श्रेष्ठले जानकारी दिनुभयो |सम्प्रेषणले समाजमा देखिएका र उठान गर्नुपर्ने विषयहरूमा सामाजिक बहसका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ | 

प्रतिक्रिया