अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४ | Colorodo: 16:59

क्यालिफोर्नियाको डिटेन्सन सेन्टरमा ७० जना नेपाली

बिआरटीनेपाल २०७४ वैशाख ९ गते ७:१६ मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, क्यालिफोर्निया
अध्यागमन कानुनमा सुधार गर्दै आप्रवासीमाथि कडा निगरानी गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषित नीति नै हो । यसका लागि राष्ट्रपति ट्रम्पले चालेका कदम अदालतले उल्ट्याइदिएको छ । यद्यपि ट्रम्प पछि हटिहाल्ने मनस्थितिमा छै्नन् । उनी चोरवाटोवाट भए पनि विद्यमान अध्यागमन कानुनमा सुधार गरी छाड्ने पक्षमा छन् । उनका कदमलाई साथ दिने समूह र वर्गले अहिले आप्रवासीलाई दुख दिन थालिसकेको छिटपुट घटना बाहिर आइरहेका छन् ।

यसै सेरोफेरोमा केन्द्रित हुँदै ग्लोबल नेपाली प्रोफेशनल नेटवर्क(जीएनपीएन) बिहीबार सानफ्रान्सिस्कोमा अन्तरक्रियाको आयोजना गर्‍यो । कार्यक्रममा अध्यागमन कानुन र अहिले विकसित घटनाक्रमका बारेमा जानकार कानुन व्यवसायी गोपाल शाहाले गैह्र कानुनी रूपमा मेक्सिको हुँदै अमेरिका भित्रने नेपालीहरूको अवस्था र कानुनी उपचारका जटिलताको चित्रण गर्नु भयो ।

ह्वाइट हाउसले अध्यागमन कानुनमा परिमार्जन गर्न चालेका कदमले आप्रवासी माथि अनुदार रहेको समूहलाई बल पुर्याएको उहाँको बुझाई थियो । कालिफोर्नियाका विभिन्न डिटेन्सन सेन्टरमा ७० भन्दा बढी नेपाली रहेको तथ्य पनि शाहाले प्रस्तुत गर्नु भयो ।

सन्निcसगरमाथा समाजका पूर्व अध्यक्ष हरिहर दाहाल, कग्सवेल कलेजका सहप्राध्यापक विनीत शर्मा र समाजीक संस्था सहयताकी संस्थापक निशा थापाले यस्तो अवस्थामा सम्भावित खतरालाई कसरी न्यून गर्न आफैवाट के के गर्न सकिन्छ भनेर अनुभव आदान प्रदान गर्नु भयो ।

प्रतिक्रिया