अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

आधा दर्जन लोपोन्मुख थारु नाच संरक्षण सँगै प्रस्तुत

बिआरटीनेपाल २०७४ वैशाख ९ गते ०:१८ मा प्रकाशित

दाङको देउखुरी उपत्यका स्थित लमहीका बासिन्दाले शुक्रबार दिउँसो लोपोन्मुख थारु लोक नृत्य हेर्ने अबसर पाए । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) र थारु कल्याण कारिणी सभा क्षेत्रीय कार्यसमिति देउखुरीले लोपोन्मुख थारु लोक नृत्यलाई प्रदर्शनीमा ल्याउन लमहीमा सो कार्यक्रम गरेको हो ।

‘लोपोन्मुख थारु संस्कृति नाच प्रस्तुति’ शिर्षकको सो कार्यक्रममा देउखुरी उपत्यकाका विभिन्न गाउँका थारुहरुले आधा दर्जन थारु लोक नाच प्रस्तुत गरे । त्यस्तै दाङको तुलसीपुरबाट आएका थारुहरुले पनि आफ्ना केही लोपोन्मुख नृत्य देखाए । केही समयदेखि अनुसन्धान र अभ्यास पछि उनीहरुले यस्ता नाच देखाएका हुन् ।

स्थानीय कलाकार निर्मला चौधरीले लोपोन्मुख थारु सजना बैना गीतको प्रस्तुतिसँगै सो कार्यक्रम सुरु भएको थियो । बैशाखको चर्को घामलाई वेवास्ता गर्दै दर्शकहरुले तीन घन्टासम्म थारु लोक नृत्य हेरेर कार्यक्रमका मनोरञ्जन लिए ।

लोपोन्मुख अबस्थामा पुगेका मध्य पुरानो झुम्रा समुहको (ढेलबा नाच) मजगाउँका पौढ देखि तन्नेरी पुस्तासम्मका थारु कलाकारले प्रस्तुत गरे ।

मयुरको प्वाँख सहित पारम्पारिक पहिरनमामा सजिएर दाङ ससनीयाका महिला पुरुषले प्रत्यक्ष गायन र बाद्यबादनसहित प्रस्तत गरेको लोपोन्मुख मघौटा नाचको त्यत्तिकै आकर्षक थियो ।

यस्तै भइसखोरमा देउखुरी दाङका महिला र पुरुष कलाकारले प्रस्तुत गरेको लाठ्ठी नाच पनि आकर्षक थियो । बाजेको पालासम्म रहेको सो नाच आफुहरुले नै पुनर्जिबित गरेको सम्बन्धि कलाकारहरुले बताए ।

अर्को लोपोन्मुख बड्का नाच पनि कार्यक्रमको आकर्षण बन्यो । कलाकारले प्रत्यक्ष गायन र बाद्यबादन पौढ देखि तन्नेरी पुस्ताका युवा युवतीसम्मले यो नाच देखाए । गोबरडिहा –६ महदेवा, दाङका कलाकारहरुले यो नाच प्रस्तुत गरेका हुन् ।

अर्को लोपोन्मुख सखिया पैया नाचपनि सो क्रममा दर्शकले हेर्न पाए । रामपुर पलासेका तन्नेरी पुस्ताका युवतीहरुले यो नृत्य प्रस्तुत गरेका थिए । बाजे बजेहरुसँग यो नाच सिकेर आफुले बाद्यबादन सहित प्रस्तुत गरेको युवतीहरुसँगै बाद्यबादनमा सहभागी पुरुषकलाकारले बताए ।

अन्तिम नाचको रुपमा तुलसीपुर,दाङका कलाकारले थारु छोक्रा नाच प्रस्तुत गरे । यो पनि लोपोन्मुख नाच भएको उनीहरुको भनाई थियोे ।
थारी गीतसँगीतमा निरन्तर लागिपरेको भन्दै कलाकार यादबनाथ योगी र राजेश क्षत्रीलाई सभाका तर्फबाट कार्यक्रमा सम्मान गरियो ।
लोपोन्मुख थारु सँंस्कृति जोगाउनका लागि नयाँ पुस्तालाई प्रोत्साहित गर्न आफुहरुले यो बृहत कार्यक्रम गरेको थारु कल्याण कारिणी सभा क्षेत्रीय कार्यसमिति देउखुरीका अध्यक्ष चेतराम चौधरीले बताए ।

सम्बन्धित समुदायसँग मिलेर उनीहरुबाट लोपोन्मुख संगीत, नाच, बाजा, बाद्यबादन संरक्षण अभियान अन्तर्गत सांस्कृति संस्थानले देउखुरीका लोपोन्मुख थारु नाचको संरक्षण र प्रवर्धनको लागि यो कार्यक्रम गरेको सांस्कृतिक संस्थान राष्टिय नाचघरका महाप्रबन्धक राजेश थापाले बताए ।

बृहत नृत्य प्रस्तुत पछि शुक्रबार साँझ अन्तर्गत कार्यक्रम आयोजना गरियो । सो कार्यक्रममा दाङ देउखुरीका थारु जातिमा प्रचलित संगीत संस्कृति शिर्षकको कार्यपत्र डा. गोबिन्द आचार्यले प्रस्तुत गरे । कार्यपत्र माथि उदय आले, डब्बु क्षत्री, छबीलाल चौधरी लगायतको अनुसन्धानकर्ताले टिप्पणी गरेका थिए ।

कार्यपत्रमा थारु समुदायको सबैप्रकारका गीत संगीत र नाच समेटिएको थियो । गैर थारु भएर पनि डा. आचार्यले अत्यन्त खोजमुलक अनुसन्धपत्र प्रस्तुत गरेको सो कार्यक्रमका सभापति एवं सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए ।

कार्यक्रममाथि प्राप्त टिप्पणीलाई समेटेर त्यसलाई पुस्तिकाको रुपमा सांस्कृतिक संस्थानले ल्याउने छ । सो कार्यक्रमले थारु समुदायमा लोपोन्मुख लोक नृत्यलाई जोगाउनु पर्छ भन्ने प्रेरणा नयाँ पुस्तालाई मिलेको आयोजक थारु कल्याण कारिणी सभा क्षेत्रीय कार्यसमिति देउखुरीका अध्यक्ष चेतराम चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू