अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

मेयरका आकांक्षीमाथि मध्यरातमा सांघातिक कुटपिट : खुट्टाको पांग्रा टुक्रा -टुक्रा

बिआरटीनेपाल २०७४ वैशाख ८ गते २१:१० मा प्रकाशित

स्थानीय तहको चुनावी सरगर्मी बढिरहेको बेला बैतडीको मेलौली नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका आकांक्षी इश्वरदत्त भट्टमाथि बिहीबार राति सांघातिक कुटपिट भएको छ ।कुटपिटबाट उनको शरीरकान चोट लागेको छ । देब्रे खुट्टाको पांग्रा फुटेर टुक्रा -टुक्रा भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

गोठलापानीमा रहेको स्टार गेस्ट हाउसमा सुतिरहेका बेला राति ११ बजेतिर भट्टमाथि कुटपिट भएको कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेले जानकारी दिए ।

शिवनाथ गाउँपालिकाका धीरेन्द्र चन्द र वीरेन्द्र चन्दलगायतका मानिसले आक्रमण गरेको र उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू