अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 00:31

एनआरएन अमेरिकाको सदस्यता छानबीन तथा प्रमाणीकरण कार्य तीव्र गतिमा 

बिआरटीनेपाल २०७४ वैशाख ८ गते ०:०७ मा प्रकाशित
 एनआरएन अमेरिकाको आगामी २०१७-२०१९ को लागि सम्पन्न हुन गै रहेको निर्वाचनको लागि सदस्यता छानबीन तथा प्रमाणीकरण कार्य अन्तिम चरणमा पुगेको छ । विभिन्न १६ वटा स्टेट च्याप्टरहरुमा डाटा उपलब्ध गराइ सकेको र केही स्टेटहरुबाट छानबीन समेत भै डाटा उपलब्ध भै सकेको कुरा एनआरएन अमेरिकाका महा सचिव एवम् एनआरएन राष्ट्रीय छानबीन तथा प्रमाणीकरण समिति अमेरिकाका संयोजक तिलक श्रेष्ठले जानकारी दिएका छ्न् ।
छानबीन गर्ने क्रममा केही नामहरु दोहोरिएको र केही ईमेलहरु पनि पुन: प्रयोग गरिएको र केही व्यक्तिहरुको सदस्यताको लागि शुल्क बुझाए पनि नाम नभएको भन्ने गुनासो आए पनि फोन र ईमेलको माध्यमबाट सो समाधान गर्ने कार्य भै रहेको कुरा पनि श्रेष्ठले बताए । न्युन संख्यामा मात्रै सम्पर्क हुन नसकेको तर सबै बाट सकारात्मक फिडब्याक आएकोले गर्दा कार्य गर्न सरल र सहज भएको कुरा समेत श्रेष्ठले जोडे ।
समयमै छानबीन तथा प्रमाणीकरणको कार्य सम्पन्न गरी निर्वाचन समितिलाई बुझाउने कुरामा समिति अहोरात्र खटी रहेको र हरेक च्याप्टर छानबीन समिति पनि यस कार्यमा लागि परि रहेकोले गर्दा पनि छानबीन कार्य समय मै हुने कुरामा उनी विश्वस्त रहेको देखिएको छ ।
छानबीन कार्यलाई प्रभावकारी बनाउनको निम्ति र सहज पार्नको निम्ति छानबीन तथा प्रमाणीकरण समिति बाट आएको ईमेल र फोन लाई सम्बोधन गरी सहयोग गरी दिनका लागि पनि श्रेष्ठले सबैलाई आग्रह गरेका छ्न् ।
केन्द्रीय छानबीन समितिमा तिलक श्रेष्ठ – संयोजक, विनोद तिवारी – सदस्य, हरीहर दाहाल – सदस्य, पासाड० लामा – सदस्य र नवराज खड्का – सदस्य रहेका छ्न् ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू