अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

लस् एन्जलसमा बुद्ध जयन्ती मनाईने

बिआरटीनेपाल २०७४ वैशाख ७ गते १५:०८ मा प्रकाशित

अप्रिल २०,लस् एन्जलस । अमेरिकाको लस् एन्जलसमा २५६१ औँ बुद्ध जयन्ती यही मे १० मा मनाईने भएको छ । कार्यक्रम लस् एन्जलस बासीहरुको आफ्नै स्वामित्वमा रहेको श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरको सभाकक्षमा मनाईने भएको छ ।

स्थानीय दुई धार्मिक संस्था श्री पशुपतिनाथ फाउण्डेशन र बुद्धिष्ट सोसाईटी अफ क्यालिफोर्नियाको संयुक्त आयोजनामा कार्यक्रम गर्ने निर्णय गरिएको छ । कार्यक्रममा समस्त स्थानीयबासी लगायत अन्य विभिन्न देशका बुद्धिस्ट भिक्षु तथा गुरुहरुको पनि सहभागिता गराईने भएको छ ।

कार्यक्रममा बुद्धिष्ट संस्कार अनुसार पूजापाठ बाट सुरु गरी बुद्ध भगवानका दर्शनका बारेमा प्रकाश पारिने कार्यक्रम रहेको छ भने अन्तमा प्रसादीको व्यवस्था गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू