अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९ | Colorodo: 14:44

ट्रम्पको नयाँ आदेश : ‘अमेरिकी उत्पादन नै खरिद गर्रौं, अमेरिकी कामदारलाई प्रोत्साहित गरौं’

बिआरटीनेपाल २०७४ वैशाख ६ गते ६:१३ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उत्पादन खरिद गर्न र अमेरिकी नागरिकलाई काममा लगाउन प्रोत्साहित गर्ने गरी आदेश जारी गरेका छन् । विस्कन्सिन स्थित एउटा उद्योगको भ्रमणको क्रममा ट्रम्पले अमेरिकन नै किनौ, अमेरिकन नै राखौुं भन्ने कार्यकारी आदेशमा मङ्गलबार हस्ताक्षर गरेका हुन् ।

राष्ट्रपति कार्यालयका सञ्चार सचिव साराह सन्मेर्सले यो आदेशले अमेरिकालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै अमेरिका बनाउने अमेरिकी कामदारहरुको पक्षमा यो आदेश भएको बताएका छन् ।

आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले बताएका छन् ‘यो कार्यबाट हामी विश्वलाई निकै ठुलो सन्देश र संकेत प्रवाह गरेका छौं, हामीले हाम्रा कामदारलाई संरक्षण गर्ने छौं, हाम्रा जागिरको प्रतिरक्षा गर्ने छौं र अन्त्यमा अमेरिकीलाई नै प्रथम प्राथमिकतामा राख्ने छौँ ‘।

सयौं मजदुरहरुको अगाडि कार्यकारी । अहिलेको कार्यकारी आदेशले प्रवेशाज्ञा प्रणालीमा केही प्रभाव पार्ने देखिएको छ । त्यसैगरी बसाइँ सराई प्रणालीका कतिपय त्रुटी सच्याउने अवसरका रुपमा पनि यस आदेशलाई लिइएको छ ।

ट्रम्पद्वारा हस्ताक्षर गरिएको आदेशमा विशेष दक्षता आवश्यक पर्ने क्षेत्रमा काम गर्ने विदेशीलाई दिइने प्रवेशाज्ञा सम्बन्धी कार्यक्रममा समीक्षा गर्ने उल्लेख छ ।

प्रतिक्रिया