अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

‘चियासँग कविता’मा गोवर्धन पूजा

बिआरटीनेपाल २०७४ वैशाख ४ गते २३:१६ मा प्रकाशित

तीनदशकदेखि कविताका क्षेत्रमा समर्पित कवि गोवर्धन पूजाले चितवनमा  एकल कविता वाचन गरेका छन् | उनले ” चियासंग कविता ” शृंखलामा एक दर्जन कविता बाचन गरेका हुन् |

साहित्यकार ईश्वर कंडेलको संयोजनमा आयोजित उक्त कार्यक्रममा कवि पूजाका बारेमा साहित्यकार गोविन्दराज विनोदी, केदारनाथ खनाल,रमेश प्रभात , धनराज गिरि, राधेश्याम लेकाली, लक्ष्मी बराल, भूपिन ब्याकुल, ईश्वर कंडेल लगायतले बोलेका थिए| 

कार्यक्रममा पूजाको नवौ कृति अर्थात् चौथो कविता कृति ” अनामनगरकी अम्विका” को दोश्रो सस्करणको बिमोचन पनि गरिएको थियो |

विमोचित कृतिबाट कवि सुमन घिमिरे, नीरा शर्मा, छविरमण सिलवाल, लेखराम सापकोटा लगायतले कविता वाचन गरे | 

चितवनको चैनपुरमा जन्मिएका कवि पूजा  मोती पुरस्कार, नारायणी बांगमय पुरस्कार, गज़लश्री सम्मान, हरिभक्त कटवाल युवा सम्मान, भानुभक्त लेखन पुरस्कार, भानुमोती पुरस्कार लगायतका डेढ दर्जनभन्दा बढी पुरस्कार र सम्मानबाट सम्मानित भैसकेका छन् |

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय महासचिव समेत रहेका पूजा हाल अमेरिकाको बोस्टनमा बसोबास गर्दै आएका छन् |

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू