अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

नेपाली बिद्यार्थीद्वारा अमेरिकामा आयोजित अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

बिआरटीनेपाल २०७३ चैत ३१ गते ११:४२ मा प्रकाशित

अमेरिकाको न्यु मेक्सिको राज्यमा अबस्थित न्यु मेक्सिको स्टेट युनिभर्सिटी स्थित नेपाली विध्यार्थी संगठनले “विज्ञान तथा प्रबिधी-नया अवसर र चुनौती” नामक सम्मेलनको आयोजना सफलता पूर्वक सम्पन्न गरेको छ।अप्रिल १ तारिखका दिन न्यु मेक्सिको स्टेट युनिभर्सिटी अन्तर्गतको लास क्रुसेस क्याम्पसमा नवौं संस्करणको उक्त एक दिने सम्मेलन सम्पन्न भएको हो।

उक्त एक दिने सम्मेलनमा न्यु मेक्सिको स्टेट युनिभर्सिटी, टेक्सास युनिभर्सिटी- एल पासो र आयोवा युनिभर्सिटीका विध्यार्थी तथा अनुसन्धान कर्ताले आफ्ना खोज अनुसन्धान मुलक सामाग्रीहरुको प्रदर्शन गरेका थिए ।

उक्त सम्मेलनलाई अमेरिका स्थित नेपाली राजदुत डाक्टर अर्जुन कुमार कार्कीले मुख्य वक्ताको रुपमा सम्बोधन गरेका थिए। प्रजातन्त्र, कुटनिती र विकाश विषयमा बोलेका डा. कार्कीले कुनै पनि देशको विकाश र समृद्धिका लागी बैज्ञानिकहरुको अहम भुमिका हुने बताएका थिए ।

न्यु मेक्सिको स्टेट युनिभर्सिटीका फ्याकल्टी मेम्बर तथा नेपाली विध्यार्थी संगठनका सल्लाहकार डाक्टर राम आचार्यको स्वागत मन्तव्य सहित सुरु भएको उक्त कार्यक्रममा न्यु मेक्सिको स्टेट युनिभर्सिटी अन्तर्गतको ग्राजुएट स्कुलका डिन डाक्टर लुई रियेस, कलेज अफ इन्जिनियरिङका डिन लक्ष्मी रेड्डीले आफ्नै स्व विवेकले नेपाली विध्यार्थी संगठनले खोज अनुसन्धानमा लागेकालाई आफ्ना अनुसन्धान, विचारलाई प्रस्तुत गर्ने ठुलो अवसर दिलाई दिएको भन्दै प्रसंशा गरेका थिए। डाक्टर द्रोण रसाईली, डाक्टर अम्बिका अधिकारीले सम्मेलनमा सहभागीहरुलाई सफलताको सुभेच्छा प्रकट गरेका थिए ।म्मेलनलाई सम्बोधन गर्दै नेपाली बिध्यार्थी संगठनका सभापती दुर्गा न्यौपानेले उक्त सम्मेलनका साथै नेपाली विध्यार्थी संगठनका बारेमा छोटो जानकारी दिएका थिए। सहभागिहरुले पोस्टर र मौखिक रुपमा आफ्ना सामाग्रीहरु प्रस्तुत गरेका थिए। उक्त सम्मेलनकी एक जना सहभागी लेस्ली टोलेडोले सम्मेलन भव्य तरिकाले आयोजना गरिएको र सम्मेलन विध्यार्थिहरुलाई आफ्ना खोज अनुसन्धान मुलक सामाग्रीको जानकारि धेरै माझ पुर्याउन महत्वपुर्ण माध्यम बन्न सकेको बताएकी थिईन् ।उक्त सम्मेलनकी प्रमुख संयोजक मेनुका कार्की लगायत चेल्सी गार्नो र रवि शाहद्वारा संचालित उक्त सम्मेलनमा अमेरिकाको विभिन्न राज्यमा स्थित् युनिभर्सिटीका १०० जना भन्दा बढीले सहभागिता जनाएको र सम्मेलन अतिनै भव्य र पहिलाभन्दा फरक भएको सम्मेलनकी संयोजक मेनुका कार्कीले बताईन् ।

कार्यक्रमको अन्त्यमा सहभागी र सम्मेलन सफल बनाउन सहयोग गर्ने सहयोग दाताहरुलाई धन्यवादका साथै प्रमाण पत्र र सोभेनर वितरण गरिएको थियो ।

प्रतिक्रिया