अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

खुला दिसापिसा रोक्न ४० ठाउँमा नाटक

बिआरटीनेपाल २०७३ चैत ३१ गते ६:१२ मा प्रकाशित

नाट्य समुह ‘लोक सञ्चार’ले नाटक मार्फत सामाजिक परिवर्तन ल्याउन आफ्नो नाटक ‘परिवर्तन’ तराईमा मञ्चन गरेको छ । गत १७ फागुनबाट सिराहाको बडहरामालदेखि यो नाटकको मञ्चन थालिएको थियो । पहिलो दिन सिराहाको बडहरामाल र बस्तीपुरमा यो नाटक मञ्चन गरिएको थियो ।

नाटक मञ्चनको १३ औ दिनमा मञ्चन यात्रा सकिएको हो । धनुषाको गौरीपुरमा मँगलबार दिउँसो ४० औं सो प्रदर्शनी गरेपछि तराईमो परिवर्तन मञ्चनको पहिरो चरणको यात्रा सकिएको छ । यो नाटक सिरहा सहित चार जिल्लाका ४० ठाउँमा मञ्चनपछि मँगलबारबाट नाट्य यात्रा समापन गरिएको छ ।

यो नाटकमा निर्देशक प्रियँका झासँगै गँगाकान्त झा, अनितारानी मण्डल, रिना रिमाल, राजेश सक्सेना, निलेश झा, सोनु ठाकुर, मुकेश झा, ललित झा लगायतको अभियन छ ।

नाटककी निर्देशक प्रियँका झाका अनुसार दैनिक तीन देखि चार ठाउँसम्म यो नाटक मञ्चन गरियो । नाटक मञ्चन पछि दर्शकले अब सौचालय बनाउने प्रतिबद्धता जनाउँदै एक साता अघि मञ्चन भएको सिराहा र सप्तरी केही गाउँमा त सौचालय निर्माण समेत गरिएको झाले बताईन । झासँगै यो नाटकलाई जीबन बरालले सँयुक्त निर्देशन गरेका हुन् ।

४५ मिनटको यो नाटक हेरेपछि स्थानीय बासिन्दाहरुले अब घर वरपर चर्पी बनाउने, सरसफाईमा ध्यान दिने जस्तामा आफुहरु विश्वस्त रहेको निर्देशक प्रियँका झाले बताईन् । उनका अनुसार नाटक मञ्चन गरिएका हरेक ठाउँमा दर्शकको उपस्थित भिडभाडपूर्ण नै रह्यो । नाटकलाई सबैले मन पराएको पनि निर्देशक झाले जानकारी गराईन् ।

नाटक मञ्चनको १३ औ दिनमा मञ्चन यात्रा सकिएको हो । सिरहा बस्तीपुर, चौहरवा सहित १० ठाउँमा, सप्तरीको, कञ्चनपुर, बभनगामा क¥ट्ट, डिघवा सहित १० गाउँमा नाटक मञ्चन स्थानमा नाटक मञ्चन गरियो । यस्तै धनुषाको गौरीपुर, पुष्पलपुर, रघुनाथपुर, सपही, सिनुरजोरा, इनरवा लगायत १० ठाउँ, महोत्तरीको लोहारपट्टी, बगडा, बनौली, इकरहिया, बध्याबन चौरी, महोत्तरीगाउँ सहित १० ठाउँमा मञ्चन गरिएको छ ।

यो नाटकलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य रमेशरञ्जन झाले लेखेका हुन् ।सफा खानेपानी र सफसफाई अभियान अन्तर्गत यो सन्देशमुलक नाटक मञ्चन गरिएको यसका लेखक झाले जानकारी गराए ।

‘मुलत यी चार जिल्लाका ग्रमिण भेकमा अहिले पनि सडक छेउ तथा खेतमा खुल्ला रुपमा दिशा पिसाब गर्ने प्रचलन छ । घरमा चर्पी नभएका कारण नारीहरुले दिनभर दिशा रोकेर बस्नु पर्ने बाध्यता छ ।’ सोही कारण नाटक मञ्चन गरिएको उनले बताए । आफुहरुले गाउँ गाउँमा गरेको नाटक मञ्चन अभियानले ती ठाउँका बासिन्दामा परिवर्तन ल्याएको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू