अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 11:54

नदियाको “बन्द कोठा भित्रको चित्कार”

बिआरटीनेपाल २०७३ चैत ३० गते २१:४६ मा प्रकाशित

न्यु योर्क सहरमा पछिल्लो समय साहित्यिक गतिविधि निकै नै बढिरहेको छ । यसैबेला, कलाकार नदिया लिबाङले “बन्द कोठा भित्रको चित्कार” शीर्षकको कविताको भिडियो सार्वजनिक गरेकी छिन् । सधैँ पत्रिका र किताबको पानामा मात्र पढिने कवितालाई कलाकार लिबाङले आफैले भिडियो मार्फत वाचन गरेकी हुन् ।

लिबाङ भन्छिन् , “यो कविता एउटी नारीको चित्कार मात्र होइन, ती सबै नारीहरूको सामूहिक चित्कार हो, जो आफ्नै मान्छेबाट बेचिएर बाध्यतामा कोठिमा नारकिय जीवन बिताईरहेका छन् ।” कवितामा कोठिमा बेचिएकी एक महिलाको वेदना पोखिएको छ । गत वर्ष न्युयोर्कको अफ ब्रड वे थियटरमा मंचन गरिएको नाटक “जोडियोस् भत्किएका मनहरू की प्रमुख कलाकार लिबाङ पछिल्लो समय न्युयोर्कको साहित्यिक गतिविधिमा सक्रिय छिन् ।

आफ्ना पति विश्व थापाको साथका कारण पछिल्लो समय आफू साहित्यिक क्षेत्रमा सक्रिय रूपमा लागि पर्न सहज भएको उनले जनाइन् । उनको भिडियोका लागि तल क्लिक गर्नुहोस् ।

प्रतिक्रिया