अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५२ | Colorodo: 02:07

सर्वाधिक उचाइमा डिजेइङ गरेका कीर्तिमानी डिजे छेवाङलाई गिनिजको प्रमाणपत्र

बिआरटीनेपाल २०७३ चैत ३० गते ६:३५ मा प्रकाशित

विश्वमै पहिलो पटक सर्वाधिक उचाइमा डिजेइङ गरेर विश्व कीर्तिमान राखेका डिजे छेवाङ शेर्पालाई काठमाडौंमा सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको छ । बुधबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनका क्रममा डिजे छेवाङलाई गिनिज वल्र्ड रेकर्डको तर्फबाट प्राप्त गरेको कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरिएको हो । डिजे छेवाङले सन् २०१६ को अक्टोबर २७ मा मनाङ जिल्लाको थोरङ् ला पासमा ५ हजार ४ १६ मिटर उचाइमा डिजेइङ गरेका थिए ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा रहेका नेपाल माउन्टेनियरिङ संघका अध्यक्ष आङ छिरिङ शेर्पाले डिजे छेवाङलाई गिनिज वल्र्ड रेकर्डको तर्फबाट प्राप्त प्रमाण पत्र तथा मेडल हस्तान्तरण गरेका हुन् । समारोहमा नेपाल शेर्पा संघका एडी शेर्पा, निमा शेर्पा, गेल्बु शेर्पा, गायिका सरस्वती लामालगायतका अन्य अतिथिको पनि उपस्थिति रहेको थियो ।

समारोहमा डिजे छेवाङले थोरङ ला पासमा डिजेइङ गर्नु सजिलो काम नभएको तर सजिलो भएको भए विश्व कीर्तिमान पनि नबन्ने धारणा व्यक्त गरे । छेवाङले नेपाली कलाकारको रुपमा आफ्नो क्षेत्रबाट पर्यटन प्रवद्र्धनमा योगदान दिने उदेश्यले सवैभन्दा अग्लो स्थानमा डिजेइङ गरेको पनि स्पष्ट पारे । भूकम्पपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालका पर्यटन क्षेत्रको बारेमा नकारात्मक सन्देश गएकोमा डिजे छेवाङले उक्त गलत सन्देशलाई चिर्दै नेपाल पर्यटनका लागि सुरक्षित छ भन्ने सन्देश दिन उक्त डिजेइङ गरेको बताए ।

डिजे छेवाङका अनुसार उनलाई गत शनिबार इमेलमार्फत कीर्तिमानका लागि गरेको अनुरोध स्वीकार भएको जानकारी प्राप्त भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू