अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

‘एकिकृत माझी बस्ती’ निर्माणका लागि ‘श्वेता-श्री फाउण्डेशन’लाई अमेरिकाबाट १९ लाख सहयोग

बिआरटीनेपाल २०७३ चैत ३० गते ६:१६ मा प्रकाशित

अल्पआयुमै निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको गृहजील्ला सिन्धुपाल्चोकका माझी बस्ती निर्माणका लागि सहयोग जुट्न थालेको छ । दिवंगत नायक श्रेष्ठकी धर्मपत्नी तथा नायीका श्वेता खड्काद्वारा सञ्चालीत ‘श्वेता—श्री फाउण्डेशन’ मार्फत ‘एकिकृत माझी बस्ती’ निर्माणको लागि विभिन्न व्यक्तिहरुबाट सहयोग रकम जुट्न प्राप्त हुन थालेको हो ।

केहि समय अघि स्व. नायक श्रीकृष्णको जन्मदिनका दिन नायीका खड्का सिन्धुपाल्चोक स्थीत भुकम्प प्रभावित माझी बस्तीमा पनि पुगेकी थिईन । ६२ घरधुरी रहेको माझी बस्तीको अवस्था र उनिहरुले श्रीकृष्णलाई गरेको मायाले मन छोएपछि उनले एकिकृत माझी बस्ती निमार्ण गर्ने घोषणा गरेकी थिईन् र यसका लागि सबैले सहयोग गरिदिन पनि आग्रह गरेकी थिईन् । जस अनुसार अमेरिकामा रहेका फाउण्डेशनका सदस्यहरुबाटै ब्यक्तीगत १९ लाख रकम प्रदान गरिएको छ ।

फाउण्डेशनका सदस्य लक्ष्मी तामाङले १५ लाख बराबरको भौतिक सामाग्री, श्री पराजुलीले ३ लाख, शान्ता बस्नेतले ५० हजार, ओरोही सुबेदीले ५० हजार सहयोग गरेको जानकारी नायीका श्वेताले दिएकी छन् । साथै उनले एकिकृत माझी बस्ती निर्माणका लागि सहयोग गर्ने सबैमा आभार ब्यक्त गरेकी छन् ।

 

प्रतिक्रिया