अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

विख्यात आरोही आङरिता शेर्पाका नाममा पैसा नउठाउन अपिल

बिआरटीनेपाल २०७३ चैत २९ गते २३:४६ मा प्रकाशित

हिम चितुवाका नामले विख्यात आरोही आङरिता शेर्पा खराब स्वास्थ्यका कारण अहिले अस्पताल भर्ना भएका छन् । काठमांडौ वासवारी स्थित न्यूरो अस्पतालमा भर्ना भएका शेर्पा अहिले स्वास्थ्यकर्मी र आफन्तसँग छोटो कुराकानी गर्न सक्ने अवस्थामा फर्कनु भएको परिवारका सदस्यहरूले जानकारी दिएका छन् । उनको स्वास्थ्यमा के कस्तो समस्या आएको हो भन्ने विषयमा चिकित्सकहरुले कुनै जानकारी सार्वजनिक गरेका छैनन् । विना अक्सिजन १० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका विश्व कृतिमानि आङरिता शेर्पाले नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै हिमालको सफल आरोहण गरेका छन् ।

उनी अस्पताल भर्ना भएको खबरसँगै विश्वभरवाट उनका शुभचिन्तकहरु सहयोगका लागि जुर्मुराएका छन् । तर परिवारका सदस्यहरूले भने तत्काल कुनै सहयोगको आह्वान नगरिएको प्रस्ट पारेका छन् । कतिपय ब्लग र सामाजिक सञ्जालमा कतिपय व्यक्तिहरूले उनलाई अर्थिक सहयोग जुटाउने आशयले सूचना सम्प्रेषण गरेपछि परिवारका सदस्यले त्यस्तो नगर्न सार्वजनिक अपिल समेत गरेका छन् ।

अपिल

हाम्रा श्रद्धेय बुबा आंङरिता शेर्पाको स्वास्थ्य अवस्था र चन्दा सङ्कलनका बारेमा हाम्रो भनाई

हाम्रो बुबा आंङरिता शेर्पाको स्वास्थ्य अवस्था कमजोर रहेको अवस्थामा संसारभरिका शुभेक्षकहरुबाट शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य उपचारको लागि सरकारको ध्यान आकर्षण गराउनु हुने शुभेक्षुकहरु र समस्त संचारकर्मिहरु प्रति हामी आभारी छौ । हाम्रो बुबालाई शुभेक्षुकहरुले सम्मान व्यक्त गर्दै उपचारका लागि चन्दा सङ्कलन समेत गर्न थाल्नु भएको समाचार सामाजिक सञ्जालमा आउन थालेको छ ।

हाम्रो बुबाले सरकारबाट पाउने सेवा सुविधा पाउदै आउनु भएको छ तर स्वास्थ्य उपचारका शीर्षकमा भने सहयोग नपाएको सत्य हो तथापि नेपाल पर्बतारोहण सङ्घबाट निरन्तर रूपमा सहयोग प्राप्त भई रहेको छ । पर्बतारोहण सङ्घले आवश्यकता अनुसार स्वास्थ्य उपचारका लागि खर्च गर्न तयार रहेको बचन समेत दिएको छ । भाग्यबस हामी परिवारका सदस्यहरू पनि आफ्नै श्रोत र साधनले आदरणीय बुबाको उपचार गर्न सक्षम छौ ।

तसर्थ संसारभरिका सम्पूर्ण सुभेक्षुक र सहयोगिहरु प्रति कृतज्ञता व्यक्त गर्दै हाम्रो बुबाको स्वास्थ्य उपचारको नाममा कुनै व्यक्ति वा सङ्घ सस्थाले चन्दा सङ्कलन गर्नु भएको छ भने सथाशिघ्र रोक्नु हुँन परिवारको तर्फबाट अनुरोध गर्दछौ।भविष्यमा हाम्रो परिस्थिति काबु भन्दा बाहिर गएमा र हामीलाई थप सहयोग चाहिएमा अवश्य पनि यहाँहरु समक्ष सहयोगका लागि आउनेनै छौ।

छोरा-छेवाङ दोर्जे शेर्पा
फोन नं: (६५०) ४४० ८४०६ अमेरिका

बुहारी-पासाङ शेर्पा
फोन न: (६५०) ९९६ ६१०२

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू