अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 20:31

युएनएको दोस्रो सम्मेलनको फेसन सोमा सोनी राजभण्डारी र नग्मा श्रेष्ठ डालस आउने

बिआरटीनेपाल २०७३ चैत २९ गते २२:३० मा प्रकाशित

लेखनाथ गौतम, डालस ।
मे महिनाको अन्तिम साता अर्थात् मेमोरियल विकेन्ड (मे २६-२८) मा डालस मा हुन लागेको युनाइटेड नेपालीज एसोसिएसनको दोस्रो साधारण सभामा प्रस्तुत हुने विभिन्न कार्यक्रमहरू मध्ये फेसन सो पनि एक महत्त्वपूर्ण कार्यक्रम हो। सोही फेसन सो मा मिस नेपाल इन्टरनेसनल सोनी राजभण्डारी आफ्नो विद्वता, सुन्दरता र क्षमता प्रदर्शन गर्न र फेसन सोमा सहभागीहरुलाई हौसला प्रदान गर्न डालस आउने भएकी छिन। २०१४ मा मिस पोखरा नियुक्त भए पछि सोही वर्ष मिस नेपालमा तेस्रो भएकी सोनी जापान सम्पन्न अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन।

सोनीले युएनएको फेसन सोमा सो स्टपरको रूपमा प्रस्तुत हुनेछिन । कल्चरल र्याम्प सो नाम दिइएको उक्त प्रस्तुतिमा अमेरिकामा रहेका चर्चित नेपाली मोडेलहरुले भाग लिनेछन । सो अवसरमा सोनीले फेसन सोमा सहभागी मोडेलहरुलाई फेसन उद्योगसंग सम्बन्धित सम्पूर्ण जानकारी उपलब्ध गराउनेछिन भने फेसन मै आफ्नो भविष्य बनाउन चाहने मोडेलहरुलाई फेसनको भविष्य, यसको व्यावसायिक सफलताका शुत्रहरु बारे आफ्नो अनुभव प्रस्तुत गर्नेछिन् । त्यसै गरी फेसन सोका सहभागी मोडेलहरुको अलग्गै सेसन सञ्चालन गरिनुको साथै सहभागीहरुलाई फेसन सम्बन्धी जानकारीमुलक सेसनमा सोनीले प्रमुख बक्ताको रूपमा प्रस्तुत हुनेछिन ।

युएनए ले गर्ने उक्त फेसन सोमा सहभागी हुनेहरुको लागि केही दिनमै निवेदन खुल्ला गरिंदैछ । विगतका फेसन शोहरुमा धेरै मोडेल मध्ये एक दुई जनालाई छानेर बाँकीलाइ अयोग्य जस्तो तरिकाले मूल्याङ्कन गर्ने प्रथा रहिआएको छ। युएनए ले त्यो परम्परा तोड्ने छ। हामीले युएनएको फेसन सोमा सहभागी हुने सम्पूर्ण मोडेलहरुलाई उनीहरूको व्यावसायिक सफलताको लागि विशेष तालीम दिने व्यवस्था गर्ने छौँ। प्रस्तुति अनुसार स्थान तलमाथि भए पनि फेसनमा भविष्य बनाउने लक्ष लिएका कुनै उम्मेदवारहरुलाई पनि अयोग्य घोषित गरिने छैन बरु उनीहरूलाई पनि समान अवसर प्रदान गरिनेछ। यो प्रतिस्पर्धामा हरेक उमेर समूहका मोडेलहरुको लागि समान अवसर रहेको छ। फेसन सोमा सोनी सँगै मिस नेपालसँग आबद्ध नग्मा श्रेष्ठ समेत हुनुहुन्छ। दुवै जना फेसन र ग्ल्यामर दुनियाका व्यावसायिक व्यक्तित्व हुनुहुन्छ।

नग्मा श्रेष्ठ २००९ कि मिस कलेज २००९ हुन् । २०१२ कि मिस नेपाल अर्थ विजेता, मनिलामा २०१२ मा सम्पन्न मिस अर्थमा आठौँ स्थान, बेजिंगमा सम्पन्न विश्व मिस युनिभर्सिटी २०१६ मा तेस्रो, कायरोमा सम्पन्न मिस इको युनिभर्सको इको-टुरिज्म भिडियो अवार्डमा विजेता नग्मा थुप्रै सङ्घ संस्थाहरू बाट सम्मानित हुनुभएको छ। नग्मा र सोनीको यो केमेस्ट्रिले अमेरिकाबासी मोडेलिङ्गमा चाहना राख्ने नेपाली युबायुबतीहरुको लागि पक्कै ठुलो योगदान पुर्‍याउन सक्छ। यो फेसन सोमा सुबेक्षा भाडेलले डिजाइनिङ्गको काम गर्नुहुनेछ। त्यस्तै यो सम्पूर्ण फेसन सोको संयोजन डालस र अमेरिकामा चर्चित रायन अर्थात् रबिन कार्की र अर्जुन सुबेदीले गरेका छन्। अत्यन्त कर्मशील यी युवाहरूको प्रयास पक्कै सफल हुने कुरामा कुनै शङ्का छैन। यसबाहेक सम्मेलन सम्बन्धी अन्य जानकारीको लागि युएनए कन्भेन्सन डट ओआरजीमा गएर जान अनुरोध गरिन्छ।

प्रतिक्रिया