अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

सविना गुरुङको ‘चरि चिरिबिरि भो’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७३ चैत २९ गते ५:३८ मा प्रकाशित

नेपालमा लोकदोहोरी गीत संगीतको आफ्नै बजार छ । व्यवसायीक रुपमा पनि लोक गीत संगीत देश तथा विदेशमा विस्तारै मौलाउदै गएको छ ।  पोखरामा रहेर नेपाली लोकदोहोरी क्षेत्रमा काम गरिरहेका गायिका सविना गुरुङले आफ्नो नयाँ गीत चरि चिरिबिरि भो बजार सार्वजनिक गरेकी छिन् ।

यो गीतलाई एकनारायण भण्डारीले शब्द श्रृजना गरेका हुन् भने गायक तथा संगीतकार रामजी खाँड ले संगीत र स्वरमा साथ दिएका छन् ।
केहि दिन अघि म्युजिक नेपालले यो गीतलाई आफ्नो युट्युब च्यानलबाट गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका हुन् भने अभिनय मोडल पार्वती राई र गायक रामजी खाँड आफैले गरेका छन् ।

गीतको छायांकन करण चौसीर ले छायांकन गरेका हुन् । सार्थै गीतको सम्पादन विष्णु शर्माले गरेका छन् ।

गायिका सविना गुरुङको यस अघि आधी खोलि तिरैमा अत्यन्तै दर्शक तथा श्रोताले अत्यन्तै रुचाएको लोक दोहोरी गीत थियो भने मादलुको घुन्ना, तिम्रै छ तिर्सना जस्ता गीतहरु पनि गुरुङका चर्चित गीतहरु हुन् ।

प्रतिक्रिया