अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३२ | Colorodo: 12:47

थिएटर मलको ‘आन्दोलन’ले एक साता पार गर्दै

बिआरटीनेपाल २०७३ चैत २९ गते ३:४८ मा प्रकाशित

काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा चैत २४ गतेबाट सुरु भएको ‘आन्दोलन’ले एक साता पूरा गर्दैछ । पा“चौ दिन पार गरिसक्दा आन्दोलनले अझै वृहत रुप लिएको छ ।

बिहिबारदेखि मञ्चन थालनी गरेको नाटक आन्दोलनले राजनीतिक विषयमा रहेर कथाको उठान गरेको छ । ६२\ ६३ को आन्दालनको सन्दर्भमा युवाहरुले आन्दोलनमा पु¥याएको भूमिका र नेपाली जनताले राज्य प्रणालीविरुद्ध ओकलेको आवाजलाई नाटकले समेटेको छ ।
राजनीति र आन्दोलनप्रति वेवास्ता गर्ने युवाको माध्यमबाट ‘राजनीतिलाई हामीले वास्ता नगरेपनि राजनीतिले हामीलाई वास्ता गरिरहेको हुन्छ’ भन्ने मूल मर्म बोकेको नाटकले हरेक समय र कार्यहरुसंग राजनीति जोडिएको हुन्छ र राज्यको समृद्धिमा को जिम्मेवारी राजनीतिान निर्भर रहन्छ भन्ने उन्नत सोचलाई युवा पुस्तामाझ बहसका लागि यो नाटक मञ्चन गरिएको निर्देशक सुदाम सिके बताउँछन् ।

निर्देशक सुदामले आफू पनि पहिला राजनीतिलाई वेवास्ता गर्ने बताउँदै भने, ‘र ६२\ ६३ को आन्दोलनका समयमा गाउँ गाउँबाट मानिसहरु आन्दोलनमा सहभागी हुन सहर आईरहँदा आफू भने आन्दोलनको वेवास्ता गर्दै गाउँ जाने युवामध्येको एक हुँ । पछि लाग्यो, म गलत रहेछु, राजनीति त हामीले फेर्ने हावामा पनि छ ।’ उनले नाटकको मूल पात्र जसले राजनीतिलाई वेवास्ता गर्छन्, उसको नाम नै ‘सुदाम’ राखेर आफूलाई पनि मञ्चमा उतारेका छन् । नाटकका लेखक सौरभ कार्की हुन् ।

नाटक आन्दोलनमा सहभागी हुन आह्वान गरिरहेका थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले नाटकमा दशृकको राम्रो सहभागीता रहेको जनाए । उनले भने, ‘विषयवस्तुको हिसाबले फरक र ठाडो खालको यो नाटक हाम्रो लागि चुनौती हो, दर्शक कत्तिको पाउला भन्ने डर थियो । अहिले आन्दाृलनमा सहभागी हुन आउने आन्दोलनकारीहरुको भीड देखेर चुनौती उठाएको ठिक भएछ भन्ने लागिरहेछ ।

विशेषतः कविता र कथामा कलम चलाउने सौरभ कार्कीको यो पहिलो नाटक हो । उनले पहिले लेखिसकेका कथालाई नाटकको रुप दिएका हुन् । नाटक विधा लेखनको हिसाबले अन्य विधाभन्दा कठिन लागेको उनको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू