अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

सानफ्रान्सिस्को बे एरियामा प्रमोद खरेलले नयाँ वर्ष मनाए (फोटो फिचर)

बिआरटीनेपाल २०७३ चैत २८ गते २१:०२ मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, सानफ्रान्सिस्को
विदेशमा बसोबास गर्ने नेपालीहरू पनि नयाँ वर्ष २०७४ लाई स्वागत गर्न तम्सिएका छन् । नेपालीहरूको घना बस्ती रहेका अमेरिकाका प्रमुख सहर मध्येको एक सान्फ्रान्सिस्कोमा आइतबार साँझ भव्य साङ्गीतिक कार्यक्रमको आयोजना गरी नेपाली नयाँ वर्षको स्वागत गरिएको छ । 

सर्वाधिक रुचाइएका अर्थात् अहिले जनजिव्रोमा झुण्डिएका गीत गाउदै नयाँ पुस्ताका प्रतिभाशालि गाएक प्रमोद खरेलले नेपाली नयाँ वर्षको उमंगमा रौनक थपिदिए । आए झुमा, म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा लगायतका गीत गाउदै गर्दा गाएकसँगै सबै उमेर समूहका दर्शकहरूले स्वरमा स्वर मिसाएर सङ्गीतका तालमा झुल्दा कार्यक्रम स्थल पुरै उल्लासमय बनेको थियो । 

सानफ्रान्सिस्को वे एरियाका प्रतिष्ठित सामाजसेवी तथा युवा पत्रकार ध्रुव कुँवरको एकल पहलमा आयोजित नयाँ वर्ष २०७४ साझ कार्यक्रममा यस क्षेत्रका सबै सङ्घ संस्थाका प्रतिनिधि र युवा पुस्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । कुँवरले कार्यक्रमको खर्च कटाएर वचेको रकम नेपाली कम्युनिटि सेन्टरलाई दिने कार्यक्रम हलमा नै घोषणा गरेका छन् । कार्यक्रको उद्धघाटन भाषणमा नेपाली कम्युनिटि सेन्टरका अध्यक्ष उत्तम कार्कीले धुव्र्र कुँवरको प्रयासको सह्रान गरे । कम्यूनिटि सेन्टर निर्माणको कार्य पुरा गर्न ध्रुव कुवर जस्तै सबै जना तन मन धन र वचनले सक्रिय भएसम्म अभियान पुरा गर्न सहज हुँने कार्कीको भनाई थियो ।

कार्यक्रममा टिका कुमार पुनको उत्कृष्ठ प्रस्तुति र स्थानीय कालकाकारको नृत्यले नयाँ वर्षको उपलक्ष्यमा गरिएको कार्यक्रम दर्शको चाहाना अनुरूपकै बनेको थियो ।

 

प्रतिक्रिया