अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

नेपाली नारी सौन्दर्य र क्षमता प्रर्वद्धनका लागि ‘दोस्रो मिस नेपाल क्यालिफोर्निया-२०१७’ हुँदै

बिआरटीनेपाल २०७३ चैत २४ गते १२:४२ मा प्रकाशित

नेपाली नारीे सौन्दर्यलाई प्रवद्धन गर्ने उद्येश्यले दोस्रो मिस नेपाल क्यालिफोर्निया आयोजना हुने भएको छ । चहल पहल प्रडक्सन र अन्य मनोरञ्जनात्मक समुहको सहकार्यमा अमेरिकाको बे एरियामा यहि जुन १७ तारिक शनिवारका दिन दोस्रो मिस नेपाल क्यालिफोर्निया हुने भएको हो ।

यस अघि २ बर्ष पहिले पहिलो मिस नेपाल क्यालीफोर्निया अमेरिकाको लस एन्जलसमा सम्पन्न भएको थियो । पहिलो मिस नेपाल क्यालिफोर्नियाको सफलता र अमेरिकाबासी नेपालीको उत्साहजनक सहभागीता र मागलाई ध्यानमा राखेर दोस्रो मिस नेपाल क्यालिफोर्निया २०१७ आयोजना गर्न लागिएको हो ।

आयोजक सन्तोस न्यौपानेका अनुसार समारोहलाई भव्य बनाउन सबै जना जुटिरहेका छन् भने नेपाली युवतीलाई शारिरीक सौन्दर्यका हिसावले मात्र नभई उनिहरुको बौद्धिक क्षमताको कदर स्वरुप कार्यक्रमको आयोजना गरिएको र यो कार्यक्रममलाई क्यालिफोर्निया बासी नेपाली युवाहरुको एकताको रुपमा पनि हेरिएकाले आयोजकहरु कार्यक्रम सफल बनाउन उत्साहित छन् ।

प्रवासमा रहेर पनि आफ्नो पहिचानलाई स्थापित गराउन सकिने बताउँदै आएको आयोजक समुहले क्यालिफेर्नियामा रहेका नेपाली युवतीहरुलाई दोस्रो मिस नेपाल क्यालिफोर्निया २०१७ मा सहभागी भै विश्वसामु आफ्नो खुवि देखाउन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू