अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

अदर साइड अफ प्यारडाइज कृति विमोचन

बिआरटीनेपाल २०७३ चैत २४ गते ६:५० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले हिजो २०७३ चैत २३ गते राजधानीमा आयोजना गरेको साहित्यिक समारोहमा स्रष्टा केनी पाण्डेको अदर साइड अफ प्यारडाइज कृति विमोचन भयो । सो विमोचन वरिष्ठ सस्कृतिविद सत्यमोहन जोशीले गर्नु भएको थियो ।

अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो समारोहमा विमोचित कृतिमाथि समालोचक महेश पौडेलले आफ्नो मन्तव्य राख्नु भएको थियो । 

सोही समारोहमा पूर्व राजदूत शङ्कर शर्मा, अमेरिकी दूतावासका प्रतिनिधि Mr. William Holton र शिक्षक क्याथी श्रेष्ठले आआफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा अनेसासका सल्लाहकारहरु माया ठकुरी, प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल, साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक Dolindra Pd Sharma, डा. सुरेन्द्र के. सी. लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्रष्टा केनी पाण्डे, भारतका साहित्यकारहरु मुक्ति बराल, युवराज काफ्ले र लतिका जोशीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सन्चालन च्याप्टरका सचिव बाबा बस्नेत र सुमनाले गर्नु भएको थियो । कार्यक्रममा कमला रिसाल बि. के. ले गीत गाउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू